मुकेश कायस्थलाई सहिद घोषणा गर्ने सरकारको निर्णय

काठमाडौँ - सरकारले जनआन्दोलनमा घाइते भइ केही दिन अघि निधन भएका मुकेश कायस्थलाई सहिद घोषणा गरेको छ ।
सिंहदरबारमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले जनआन्दोलनमा घाइते भएर केही दिनअघि निधन भएका मुकेश कायस्थलाई सहिद घोषणा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् । जनआन्दोलनमा घाइते भएका मुकेशको वैशाख २७ गते मृत्यु भएको थियो ।
बैठकले एपिजी बैठकमा भाग लिन राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी नेतृत्वको टोलीलाई स्वीकृती दिएको छ । त्यस्तै मोतिपुर सवस्टेशन निर्माणका लागि बाणगंगा नगरपालिकामा १५ विगाहा जग्गा प्राप्ती गर्ने र प्रारम्भीक कारबाही चलाउन अधिकारी तोक्ने निर्णय भएको छ ।
त्यस्तै बैठकले बुटवल–गोरुसिंगे–चन्द्रौटा सडकको विस्तारित सडक सिमाभित्रका घर टहराहरु हटाई क्षतिपूर्ति दिने निर्णय गरेको छ भने तिलगंगा आँखा प्रतिष्ठानलाई विश्वविद्यालय बनाउन विधेयकको मस्यौदा निर्मण गर्न अनुमति प्रदान गर्ने निर्णय गरेको सरकारका प्रवक्ता शर्माले बताइन् ।
त्यस्तै प्रवक्ता शर्माले नागरिकता विधेयक प्रमाणीकरण गर्नु सरकारको भन्दापनि आम जनताको हतारोको विषय भएकाले यसलाई प्रधानमन्त्रीको भारत भ्रमणसंग जोडेर नहेर्न आग्रह गरिन् । उनले नागरिकता ऐन प्रमाणीकरणका लागि सरकारका तर्फबाट राष्ट्रपतिलाई कुनै दवाव नदिइएको स्पष्ट पारिन् ।

अब क्यान्सरका दुर्लभ महँगो औषधी बिरामीलाई निःशुल्क : मन्त्री पौडेल

भानुभक्त आचार्य नेपाली भाषा र भावनालाई जोड्ने सेतु: प्रधानमन्त्री ओली

विकासका आयोजना निर्माणको कार्यशैली परिवर्तन गर्न प्रधानमन्त्रीको निर्देशन

विद्युत् उत्पादन वृद्धि गर्दा खरिदको सुनिश्चितता महत्त्वपूर्ण हुन्छ: अर्थमन्त्री पौडेल

मुलुकको अर्थतन्त्रमा सुधार भएको छ : प्रधानमन्त्री ओली

मुलुकको अर्थतन्त्र सुधार हुँदैछ, निराश हुनुपर्दैनः अर्थमन्त्री पौडेल

एनपिएल आयोजनाको तयारीमा ध्यान दिन राखेपलाई प्रधानमन्त्रीको आग्रह

प्रतिक्रिया