नेपाल र बंगलादेश मिलेर ६८३ मेगावाटको सुनकोसी तेस्रो बनाउने सहमति

काठमाडौं - नेपाल र बंगलादेशबीच ६८३ मेगावाटको सुनकोसी तेस्रो जलाशययुक्त विद्युत आयोजना दुबै देशको संयुक्त लगानीमा निर्माण गर्ने सहमति भएको छ ।
आज बंगलादेशको राजधानी ढाकामा सम्पन्न दुई देशको ऊर्जा सचिवस्तरीय पाँचौं बैठकले आगामी ६ महिनाभित्र संयुक्त उपक्रमसम्बन्धी सम्झौतामा हस्ताक्षर हुने सहमति भएको बैठकमा सहभागी नेपाली प्रतिनिधिमण्डलका एक सदस्यले इकागजलाई बताए ।
उनका अनुसार नेपालको तर्फबाट नेपाल विद्युतु प्राधिकरण र बंगलादेशको तर्फबाट बंगलादेश पावर डेभलपमेन्ट बोर्ड (बीपीडीबी) ले संयुक्त उपक्रममा लगानी गर्नेछन् ।
यसैगरी उक्त बैठकले आगामी वर्षायाममा भारतीय भूभाग हुँदै नेपालले ४० देखि ५० मेगावाट बिजुली बंगलादेशलाई निर्यात गर्न दुबै देशले पहल गर्ने भएका छन् । यसका लागि प्राधिकरण, बीपीडीबी र भारतको एनभीभीएनको त्रिपक्षीय बैठकले निर्णय गर्ने भएका छन् ।
भारतले उसको प्रणाली उपयोग गरी बंगलादेशमा नेपालको बिजुली निर्यात गर्न दिन सैद्धान्तिक सहमति जनाए पनि त्रिपक्षीय बैठक भने बोलाएको छैन । बैठकको नेतृत्व ऊर्जा सचिव दिनेश घिमिरेले गरेका थिए ।

लमजुङमा १७ आयोजनाबाट विद्युत् उत्पादन

प्रसारण लाइन निर्माणमा प्राविधिक त्रुटि ?

माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा

भारतबाट विद्युत् आयातको समय थप चार घण्टा बढाइयो

राहुघाट जलविद्युत् आयोजना सकियो, परीक्षण उत्पादन हुँदै

विद्युतीय दुर्घटनाबाट मृत्यु हुनेका परिवारलाई १० लाखसम्म राहत दिइने

बौदीकालीमा बल्ल पुग्यो बिजुली

प्रतिक्रिया