इन्भेष्टमेन्ट र हिमालयन बैंकबीच मर्जर सम्झौता

काठमाडौँ :दुई ठूला वाणिज्य बैंकहरू– नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंकले आज आपसमा गाभिने (मर्जर) सम्झौता गरेका छन् । बैंक तथा वित्तीय संस्थाको नियामक निकाय, नेपाल राष्ट्र बैंक वित्तीय सबलीकरणको उद्देश्यमा सहयोग पुर्याउनेगरी गाभ्न/गाभिन प्रारम्भिक सम्झौता भएको इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडेले बताए । बैंकमा लगानीको प्रतिफल दर (रिटर्न अन इक्विटी) १६ प्रतिशतभन्दा कम भएदेखि नै पाँडे आफू न्यून प्रतिफलको बैंकमा मात्र केन्द्रित भएर नबस्ने बताउँदै आएका थिए । यस आर्थिक वर्षको चैत मसान्तसम्मको वित्तीय विवरण अनुसार हिमालयन बैंकको रिटर्न अन इक्विटी १०.०५ प्रतिशत र नेपाल इन्भेष्टमेन्ट बैंकको १३.८ प्रतिशत छ ।
बैंक |
नेटवर्थ (रुपैँया) |
नाफा २०७७ चैत मसान्त (रुपैँया) |
रिटर्न अन इक्विटी (स्वपुँजी प्रतिफल) % |
पुँजी पर्याप्तता अनुपात % |
शाखा संख्या |
नेपाल इन्भेष्टमेण्ट बैंक |
३० अर्ब ३५ करोड |
२ अर्ब ८४ करोड |
१३.८० |
१४.७८ |
८६ |
हिमालयन बैंक |
१८ अर्ब ३५ करोड |
१ अर्ब २८ करोड |
१०.०५ |
१३.१९ |
७० |
(आ.व.२०७७–७८ को चैत मसान्तसम्मको वित्तीय विवरणमा आधारित)
मर्जरका लागि आज भएको प्रारम्भिक समझदारी पत्रमा नेपाल इन्भेष्टमेण्ट बैंकका अध्यक्ष पृथ्वी बहादुर पाँडे तथा हिमालयन बैंकका अध्यक्ष तुलसी प्रसाद गौतमले हस्ताक्षर गरेका छन् । मर्जरका लागि नेपाली कांग्रेसका सहमहामन्त्री तथा पूर्ववाणिज्य मन्त्री सुनिलबहादुर थापाले विशेष भूमिका निर्वाह गरेका थिए । उनी हिमालयन बैंकका सञ्चालक पनि हुन् ।
मर्जर पछि बैंकको नाम ‘हिमालयन एण्ड नेपाल इन्भेष्टमेण्ट बैंक’ हुने र सञ्चालक समितिको अध्यक्षको पृथ्वी बहादुर पाँडे तथा प्रमुख कार्यकारी अधिकृतको रुपमा अशोक शमशेर जबरा रहने सहमति भएको छ ।
त्यसैगरी मर्जर पछि बन्ने बैंकको सञ्चालक समितिमा दुबै बैंकको तर्फबाट ३/३ जना सञ्चालक नियुक्त हुने र नयॉ सञ्चालक समितिले स्वतन्त्र सञ्चालकको नियुक्ति गर्ने बताइएको छ ।
हाल नेपाल इन्भेष्टमेण्ट बैंकको चुक्ता पुँजी १५ अर्ब २६ करोड रुपैयाँ तथा हिमालयन बैंकको चुक्ता पुँजी १० अर्ब ६८ करोड रुपैयाँ रहेको छ । मर्जरपछि २६ अर्ब ९४ करोड रुपैयाँ चुक्ता पुँजी पुर्याएर ‘हिमालयन एण्ड नेपाल इन्भेष्टमेण्ट बैंक’ सबैभन्दा बढी चुक्ता पुँजी भएको बैंक बन्ने भएको छ ।
त्यसैगरी नेपाल इन्भेष्टमेण्ट बैंकको जगेडा तथा कोष १४ अर्ब १० करोड र हिमालयन बैंकको ७ अर्ब ६७ करोड रुपैयाँ रहेको छ । अहिले नेपाल इन्भेष्टमेण्ट बैंकको कर्जा लगानी एक खर्ब ६० अर्ब र हिमालयन बैंकको कर्जा एक खर्ब २७ अर्ब रुपैयाँ रहेको छ । त्यस्तै, नेपाल इन्भेष्टमेण्ट बैंकको एक खर्ब ६८ अर्ब २९ करोड र हिमालयन बैंकको निक्षेप एक खर्ब ४३ अर्ब ७० करोड रुपैयाँ रहेको छ ।

माथिल्लो सार्दी खोला जलविद्युत आयोजनामा एनएमबि बैंकको एकल ऋण लगानी

एनआईसी एशिया बैंकका ग्राहकले हेयर एण्ड शान्ति सैलुनमा १० प्रतिशत छुट पाउने

सिद्घार्थ बैंकका ग्राहकहरुलाई सारंग हेल्थ केयरमा १० प्रतिशत सम्मको छुट

सानिमा बैंकको अन्तरबैंक टेलर क्युआर कारोबार सेवा सञ्चालन

एनआईसी एशिया बैंकका ग्राहकले भक्तपुर इन्टरनेसनल हस्पिटलमा २० प्रतिशत छुट पाउने

ग्लोबल आइएमई बैंकका ग्राहकलाई अन्नपूर्ण न्यूरो अस्पतालमा १०% छुट

एनआईसी एशिया बैंक र एएसजी आई केयर एण्ड हेल्थ सर्भिसबीच आँखा उपचारमा सहकार्य,…

प्रतिक्रिया