इन्टर मिलान १३ बर्षपछि युईएफए च्याम्पिन्सको फाइनलमा

काठमाडौं - इन्टर मिलान युइएफए च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ ।
यस बिजयसँगै इन्टर मिलान १३ वर्षपछि च्याम्पियन्स लिगको फाइनलमा पुग्न सफलसमेत भएको छ ।
एसी मिलानलाई सेमिफाइनलको दोस्रो लेगमा पनि पराजित गरेपछि इन्टर समग्रमा ३–० को नतिजाका साथ फाइनलमा स्थान बनाएको हो । यसअघिको पहिलो लेगमा २–० ले विजयी इन्टर दोस्रो लेगमा १–० ले विजयी हुन पुगे पछि समग्रमा ३–० को जीत निकाल्न मिलान सफल भएको हो ।
सानसिरोमा मंगलबार राति भएको खेलको पहिलो हाफ भने गोलरहित बराबरीमा टुंगिन पुग्यो । निकै रोचक र तीव्र प्रतिस्पर्धात्मक देखिएको खेलमा दुवै पक्षले एक अर्का माथि दबाब बढाएका थिए तर दुवै पक्षले पहिलो हाफमा गोल गर्न सकेनन् । तर, लोउटारो मार्टिनेजले ७४ औं मिनेटमा रोमेलु लुकाकुको पासमा गोल गर्न सफल भएका थिए । उनले सोही गोलबाट मिलानलाई १३ वर्ष पछि फाइनल यात्राका लागि सहज बनाई दिए ।
अब इन्टरले लिगको उपाधिका लागि रियल मड्रिड र म्यानचेस्टर सिटी मध्येको विजेता टोलीसँग खेल्ने छ ।

तेस्रो रुकुम कप भलिबलको उपाधि बौदीकालीलाई

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

प्रतिक्रिया