जापानमा सडक दुर्घटनामा दुई नेपालीको मृत्यु

जापान- जापानमा मंगलबार साँझ भएको सडक दुर्घटनामा दुई नेपालीसहित ३ जनाको मृत्यु भएको छ।
जापानको मियागी प्रिफेक्चरको कुरिहारामा हिजो साँझ बीच बाटोमा रोकिएको बसलाई ट्रकले ठक्कर दिँदा दुर्घटना भएको हो ।
दुर्घटनामा तीन जनाको मृत्यु भएकोमा दुई जना नेपाली पुरुष रहेको र एक जना जापानी महिला रहेको बताइएको छ । प्रहरीले उनीहरूको नाम खुलाएङ्को छैन ।
मियागी प्रिफेक्चरको कुरिहारा सहरको तोहोकु लाइनमा पर्ने बाटोमा बस रोकिएपछि बसमा सवार सबै जना बाहिर निस्किएको र बसको बाहिर पछाडि उभिरहेका तीन जनाको मृत्यु भएको प्रहरीले बताएको छ ।
प्रहरीका अनुसार बसमा सवार गरिरहेका ४० मध्ये अधिकांश नेपाली र बंगलादेशका युवा उमेरका रहेको पाइएको छ । बसमा सवार अधिकांश नेपाली हुनुको कारण काम गर्ने कम्पनीको गाडी हुन सक्ने अनुमान गरिएको छ।
दुर्घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । दुर्घटनाका कारण साँझ बन्द भएको सडक बिहान मात्र सञ्चालनमा आएको छ ।

भारतस्थित नेपाली दूतावासले भन्यो- भारतमा रहेका नेपालीले सुरक्षासम्बन्धी निर्द…

गैर आवासीय नेपाली सङ्घको एकता महाधिवेशन सम्पन्न

टिकटकले किशोर-किशोरीहरूको सुरक्षाका लागि नेपालमा सुरु गर्यो ‘फ्यामिली पेयर…

लन्डनको थेम्स नदीमा भेटिएको शव नेपाली विद्यार्थीकै भएको पुष्टि

राहदानी नवीकरण सेवा शिविरमा आठ सय बढी लाभान्वित

नेपाली जनसम्पर्क समिति नर्वेको पाँचौं अधिवेशन सम्पन्न, पारस मणि मिश्र अध्यक्षमा …
एनआरएनए एकता महाधिवेशन वैशाख २० गतेदेखि

प्रतिक्रिया