साफ च्याम्पियनसीपः साविक विजेता भारत र कुवेतकै समूहमा नेपाल

काठमाडौँ- भारतमा आयोजना हुने साफ च्याम्पियनसीप फुटबलमा नेपाल समूह ‘ए’ मा परेको छ । साउथ एसियन फुटबल फेडेरेसन (साफ) ले आज सार्वजनिक गरेको ‘ड्र’ अनुसार साविक उपविजेता नेपाल समूह ‘ए’ मा परेको हो ।
समूह ‘ए’ मा भारत, कुवेत, नेपाल र पाकिस्तान रहेका छन् । समूह ‘बी’ मा भने लेवनान, माल्दिभ्स , भुटान र बंगलादेश रहेका छन् ।
भारतले जुन २१ देखि जुलाई ४ सम्म बेँग्लुरुमा साफ च्याम्पियनसीप आयोजना गर्दैछ । च्याम्पियनसीपमा ८ टिमको सहभागिता रहने छ । साविक विजेता भारतसँगै नेपाल, भुटान, बंगलादेश, माल्दिभ्स, पाकिस्तान, लेवनन र कुवेतले च्याम्पियनसीप खेल्दैछन् ।
साफले साफ बाहिरका कुवेत र लेवनानलाई च्याम्पियनसीपका लागि बोलाएको हो ।

तेस्रो रुकुम कप भलिबलको उपाधि बौदीकालीलाई

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

प्रतिक्रिया