साफ च्याम्पियनसीपः पहिलो खेल नेपाल र कुवेतबीच हुने

काठमाडौँ- भारतमा आयोजना हुने साफ च्याम्पियनसीप फुटबलको पहिलो खेलमा नेपालले कुवेतको सामना गर्ने भएको छ । भारतले जुन २१ देखि जुलाई ४ सम्म बेँग्लुरुमा साफ च्याम्पियनसीप आयोजना गर्दैछ ।
समूह ‘ए’ मा रहेको नेपाल र कुवेतबीचको पहिलो खेल जुन २१ मा नेपाली समयअनुसार दिउँसो ३:४५ बजेबाट सुरु हुनेछ ।
नेपालले समूह चरणको दोस्रो खेल आयोजक तथा साविक विजेता भारतविरुद्ध जुन २४ तथा तेस्रो खेल पाकिस्तानविरुद्ध जुन २७ मा खेल्ने तालिका रहेको छ ।
समूह ‘ए’ मा भारत, कुवेत, नेपाल र पाकिस्तान रहेका छन् । समूह ‘बी’ मा भने लेवनन, माल्दिभ्स , भुटान र बंगलादेश रहेका छन् । दुबै समूहको शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन् ।

तेस्रो रुकुम कप भलिबलको उपाधि बौदीकालीलाई

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

प्रतिक्रिया