१७ लाख बढीको कपडा बरामद

जनकपुरधाम : सिरहा प्रहरीले लाखौं रुपैयाँको मालसामान बरामद गरेको छ । बुधवार दिउँसो सिरहाको कर्जनहा-३ बन्दीपुरस्थित चेकप्वाईन्टमा चेकजाँचको क्रममा बिलमा शंका लागेपछि १७ लाख २६ हजार रुपैयाँ लताकपडासहितका मालसामान नियन्त्रण लिएको हो ।
नियन्त्रणमा लिइएका कपडासहित पिकअप भ्यान आवश्यक अनुसन्धानको लागि बुधवार नै राजश्व अनुसन्धान विभाग पथलैया पठाइएको सिरहाका प्रहरी नायब उपरिक्षक शालिग्राम शर्माले जनाएको छ ।
पुर्व पश्चिम राजमार्गमा पुर्वबाट पश्चिम तर्फ आइरहेको पिकअप भ्यानलाई चेकजाँच गर्दा स्वस्तिका टे्डर्स एण्ड सप्लायर्स बिराटनगर–१४ को नाममा रहेको अनलाईन बिलपुर्जी शंकास्पद रहेको पाइएपछि नियन्त्रणमा लिइएको उनले बताए ।
पिकअप भ्यानमा सुति साडी, कढाई साडी, वायललगायत १७ लाखभन्दा बढी मूल्य बराबरको ३५ वटा पोकासहितको लताकपडा भ्यानसमेत आवश्यक अनुसन्धानको राजश्व कार्यालय पठाइएको उनले बताए ।

सिरहाका किसानको आशाः कमला र खुट्टीखोला नहर

मापदण्डविपरीत सञ्चालित उद्योगमा कारबाही

धारिलो हतियार प्रयोग गरी बालिकाको हत्या

अनलाइन नागरिकता सिफारिस प्रणालीले घट्यो सेवाग्राहीको चाप
_j0pHGa9OqC_z0sfjwqxuvlbjkopkitgu6vlfl7hptuivphdr9h0ovej1ikmzzv055zyfep3_Zzy6nu3HdY_ii7ag5vebxzxezm2frnqye8uyulcazer8s8siaxzqf0gbrzto3cmkffbvknu.jpg)
नेपाली सेनाद्वारा वीरगञ्जमा पानी वितरण

मधेशमा डिपबोरिङ जडान सुरु

स्रोत नखुलेको १० लाख नगदसहित भारतीय नागरिक पक्राउ

प्रतिक्रिया