'विवाह'पछि अभिनेत्री अमृता रावलाई विवाह प्रस्तावको ओइरो

मुम्बई - अभिनेत्री अमृता रावले सन् २००६ मा रिलिज फिल्म ‘विवाह’मार्फत बलिउडमा पहिचान पाइन् । यो उनको करियरको सबैभन्दा उत्कृष्ट र हिट फिल्ममध्ये एक हो ।
हालैमात्र उनले फिल्ममा काम गर्दाको अनुभव सुनाएकी थिइन् । उनका अनुसार ‘विवाह’मा काम गरेपछि उनलाई टाढा–टाढाबाट विवाहको प्रस्ताव आएका थिए । प्रोडक्सन व्यानर राजश्री प्रोडक्सनको युट्युब च्यानललाई दिएको अन्तर्वार्तमा अमृताले फिल्मको दिनको सम्झना गरेकी छन् । ‘जब फिल्म रिलिज भयो, तब मलाई विवाहका लागि धेरै प्रस्ताव आउन थाले । भारतमा त्यो बेला यति धेरै स्मार्ट फोन थिएनन्, त्यहीकारण मलाई धेरै चिठी क्यानडा र अमेरिकाबाट आए,’ अमृता भन्छिन् ।
अमृताका अनुसार उनलाई मानिसहरुले आफ्नो घर, आमा र कारको तस्बिर पठाउँथे । ‘यी कुरा देखेर मलाई हाँस उठ्थ्यो । तर जब म पछाडि फर्किन्छु, एउटा भूमिकाको असर मानिसमा कतिसम्म पर्दोरहेछ भनेर चित्त बुझाउँछ । यो निकै जादुमयी कुरा थियो’, अमृता बताउँछिन् ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया