शनिबार ०३ साउन, २०८२
Saturday, July 19, 2025

ज्योति क्यापिटलको अध्यक्षमा कपिल ढकाल नियुक्त

काठमाडौं– ज्योति क्यापिटल लिमिटेडको अध्यक्षमा कपिल ढकालाई नियुक्त गरिएको छ । सञ्चालकमा मनोनित भई आएका बैंकका वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत श्री कपिल ढकाललाई क्यापिटलको अध्यक्ष पदमा नियुक्त गरिएको हो ।

 जेठ ३ गते बुधबार सम्पन्न सञ्चालक समितिको २७ औं बैठकले उनलाई नियुक्त गरिएको क्यापिटलले जनाएको छ ।

बैंकिङ्ग क्षेत्रको उच्च व्यवस्थापन तहमा करिब १५ वर्षभन्दा बढीको अनुभव बोकेका ढकाल बुधबारदेखि लागू हुने गरीे सञ्चालक समितिको अध्यक्षमा चयन भए ।  
प्रोफेसनल चार्टर्ड एकाउन्टेन्ट् रहेका ढकालसंग डिलोईट इन्डिया, आईसीआईसीआई बैंक इन्डिया, हाम्रो विकास बैंकको प्रमुख कार्यकारी अधिकृत तथा एनआईसी एसिया बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतको रूपमा कार्य गरेको अनुभव रहेको छ । यसका साथै, उनले एनआईसी एसिया क्यापिटल लिमिटेड तथा एनआईसी एसिया लघुवित्त वित्तीय संस्थामा समेत अध्यक्षको रुपमा सफल कार्यकाल बिताएका थिए ।  

नव–नियुक्त सञ्चालक समितिका अध्यक्ष ढकालको यस क्षेत्रमा रहेको लामो कार्य अनुभव तथा कुशल व्यवस्थापकीय क्षमताले आगामी दिनमा यस क्यापिटलको व्यवसाय विस्तार एवं क्यापिटलबाट प्रदान गरिने सेवालाई सर्वोत्कृष्ट बनाउन उल्लेख्य योगदान हुनेछ भन्नेमा यस क्यापिटल विश्वस्त रहेको छ ।

ज्योति विकास बैंकको सहायक कम्पनीको रुपमा रहेको यस क्यापिटलको चुक्ता पुँजी २१ करोड रहेको छ । यस क्यापिटलले चालु आ.व.२०७९/८० को तेस्रो त्रैमाससम्म रु.१ करोड २४ लाख ७१ हजार ३ सय ९ रुपैया मुनाफा गरेको छ । साथै, हरेक ग्राहकहरुको समृद्धिको ज्योति बन्ने अभिलाषा बोकेको यस क्यापिटलले नेपाल धितोपत्र बोर्डमा मर्चेन्ट बैंकरको कार्य गर्न अनुमतिको लागि आवेदन गरी धितोपत्र बोर्डबाट पूर्वाधार तयार गर्ने पत्र प्राप्त गरी पूर्ण संचालनमा आउने क्रममा रहेको छ ।
 

विराटनगर किङ्सद्वारा भी–चित्रलाई आधिकारिक मार्केटिङ एजेन्सीको रूपमा नियुक्त

विराटनगर किङ्सद्वारा भी–चित्रलाई आधिकारिक मार्केटिङ एजेन्सीको रूपमा नियुक्त

दराजद्वारा सगरमाथा जत्तिकै उच्च बचत प्रदान गर्ने 'महाबचत बजार' सेलको घोषणा

दराजद्वारा सगरमाथा जत्तिकै उच्च बचत प्रदान गर्ने 'महाबचत बजार' सेलको घोषणा

मंगलम इन्डष्ट्रिजलाई अवसर इक्वीटी डाइभर्सिफाइड फण्डको रणनीतिक लगानी

मंगलम इन्डष्ट्रिजलाई अवसर इक्वीटी डाइभर्सिफाइड फण्डको रणनीतिक लगानी

रिलायन्स र चौधरी ग्रुपको सहकार्यमा नेपालमा  क्याम्पा कोला उत्पादन

रिलायन्स र चौधरी ग्रुपको सहकार्यमा नेपालमा  क्याम्पा कोला उत्पादन

इनड्राइभले काठमाडौँमा ‘ड्राइभर्स मिट एण्ड ग्रिट‘ आयोजना गर्यो

इनड्राइभले काठमाडौँमा ‘ड्राइभर्स मिट एण्ड ग्रिट‘ आयोजना गर्यो

डीएस ग्रुपको क्याच मसला अब नेपाली बजारमा, स्थानीय भान्सामा विश्वसनीय स्वादको प्रवेश

डीएस ग्रुपको क्याच मसला अब नेपाली बजारमा, स्थानीय भान्सामा विश्वसनीय स्वादको प्…

बाल स्वास्थ्यका लागि साझेदारी गर्दै पठाओ नेपालको आर्थिक सहयोग

बाल स्वास्थ्यका लागि साझेदारी गर्दै पठाओ नेपालको आर्थिक सहयोग

बोश नेपालले ल्यायो डिजिटल लोयल्टी कार्यक्रम ‘हाम्रो बोश’, मेकानिकलाई फाइदै फाइदा

बोश नेपालले ल्यायो डिजिटल लोयल्टी कार्यक्रम ‘हाम्रो बोश’, मेकानिकलाई फाइदै फा…