शुक्रबार २६ बैशाख, २०८२
Friday, May 09, 2025

थप २४ जनामा कोभिड-१९ संक्रमण पुष्टि

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा नेपालमा २४ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार १ हजार ८३९ नमुनामध्‍ये ७६१ जनाको पीसीआर परीक्षण गर्दा १४ जना र १ हजार ७८ जनाको एन्टीजेन परीक्षण गर्दा १० जना गरी २४ जनामा कोरोना संक्रमण पुष्टि भएको  हो ।

यस्तै कोरोनाको सक्रिय सङ्क्रमितको संख्या ८८ पुगेको छ भने संस्थागत ९ जना आईशोलेशनमा, १ जना आईसीयूमा र १ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । बिहीबार १५ जना संक्रमणमुक्त भएका छन् ।