उदयपुर सिमेन्टको विद्युत् लाइन पुनः जडान गर्न ऊर्जा मन्त्रालयको पत्राचार (पत्रसहित)
उद्याेगकाे विद्युत् महसुल बक्यौता ४२ करोड ३३ लाख

काठमाडौं – ऊर्जा मन्त्रालयले उदयपुर सिमेन्ट उद्योगको काटिएको विद्युत् लाइन पुनः जडान गर्न नेपाल विद्युत् प्राधिकरणलाई पत्राचार गरेको छ ।
ऊर्जाले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट पत्र प्राप्त भएको भन्दै ‘आवश्यक कारबाही’ (विद्युत् लाइन पुनः जडान) का लागि पत्र पठाइएको भनेको छ ।
प्राधिकरणले गत वैशाख ३१ गते ११ बजेदेखि उदयपुर सिमेन्टको लाइन काटेको थियो ।
प्राधिकरणको उदयपुर वितरण केन्द्रले गत पुस ८ गते विद्युत् महसुलबापतको बक्यौता भुक्तानी गर्न उदयपुर सिमेन्ट उद्योगलाई पत्राचार गरेको थियो । उक्त पत्रमा त्यतिबेलासम्मको विद्युत् महसुल ४२ करोड ३३ लाख तीन हजार नौ सय दस रुपैयाँ रहेको जनाएको थियो ।
उदयपुर सिमेन्ट उद्योगले बिजुली बक्यौता तिर्न नसकेपछि प्राधिकरणले लाइन काटेको थियो । काटिएको लाइन पुनः जडान गर्न उदयपुर सिमेन्टले उद्योग मन्त्रालयलाई पत्राचार गरेको थियो ।
प्राधिकरण र उद्योगबीच डेडिकेटेड फिडरको महसुल २४ करोड ६९ लाख रुपैयाँलाई लिएर विवाद कायम छ । २०७५ सालमा लोडसेडिङ अन्त्य भइसकेपछि पनि डेडिकेटेडको दस्तुर उद्योगले तिर्नु परिरहेको उसको भनाइ छ ।

लमजुङमा १७ आयोजनाबाट विद्युत् उत्पादन

प्रसारण लाइन निर्माणमा प्राविधिक त्रुटि ?

माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा

भारतबाट विद्युत् आयातको समय थप चार घण्टा बढाइयो

राहुघाट जलविद्युत् आयोजना सकियो, परीक्षण उत्पादन हुँदै

विद्युतीय दुर्घटनाबाट मृत्यु हुनेका परिवारलाई १० लाखसम्म राहत दिइने

बौदीकालीमा बल्ल पुग्यो बिजुली

प्रतिक्रिया