शिक्षा क्षेत्रको बजेट घटाउनु हुँदैन : सांसद खनाल

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले आगामी आर्थिक वर्षको बजेटमा शिक्षा क्षेत्रको बजेट घटाउनु नहुने बताएका छन् ।
बिहीबार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सांसद खनालले आगामी आर्थिक वर्षको बजेटमा शिक्षा क्षेत्रको बजेट घटाउनु नहुने बताएका हुन् । उनले मन्त्रालयमा बजेटको सिलिङ २० प्रतिशतले घटाएको सुनिएको भन्दै त्यसो गरिए दुर्भाग्यपूर्ण हुने जिकिर गरे । उनले सार्वजनिक शिक्षाको गुणस्तरलाई बढाउने हो भने यस वर्ष मात्रै सय अर्बभन्दा बढी बजेट चाहिने उल्लेख गरे ।
उनले भने, ‘नेपालको सार्वजनिक शिक्षाको गुणस्तरलाई बढाउने हो भने भएको अवस्थाको बजेट भन्दा झन्डै हामीलाई यही वर्ष पनि सय अर्ब भन्दा बढी बजेट चाहिनेजस्तो देखिन्छ । तर, मन्त्रालयमा सिलिङ २० प्रतिशत कम गएको छ भन्ने सुनिएको छ । त्यो भयो भने अत्यन्त दुर्भाग्यपूर्ण हुन्छ । नेपालको शिक्षाको जग निर्माण गर्नुपर्ने समयमा शिक्षामा बजेट कटौती भयो भने त्यसमा भइरहेको शिक्षालाई झन पछाडि धकेल्छ ।’

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया