प्रश्नोत्तर जीवन्त भयो, प्रधानमन्त्रीले खँदिलो ढंगले उत्तर दिनुभयो : सांसद सापकोटा

काठमाडौँ- नेकपा (माओवादी केन्द्र)का सांसद माधव सापकोटाले प्रधानमन्त्रीसँग सांसदहरूको प्रश्नोत्तर जीवन्त भएको बताएका छन् । बिहीबार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले प्रधानमन्त्रीले सांसदहरूसँग गरेको प्रश्नोत्तर कार्यक्रम जीवन्त भएको टिप्पणी गरेका हुन् ।
सांसद सापकोटाले प्रधानमन्त्रीले लेखेर ल्याएको कुरालाई मात्रै नराखी आज बिहानसम्मका घटनाक्रमहरूलाई समेटेर खँदिलो ढंगले प्रश्नको उत्तर दिएको बताए । प्रश्नोत्तरलाई नियमित र प्रभावकारी बनाउनुपर्ने उनको भनाइ छ ।
उनले भने, ‘जीवन्त जस्तो नै लाग्यो । प्रधानमन्त्रीले पूर्वतयारी र लेखेर ल्याएको कुरालाई मात्रै राख्नुभएको थिएन । आएका र आज बिहानसम्मका घटनाक्रमलाई समेत समेटेर अधिकतम खँदिलो ढंगले प्रश्नको उत्तर दिनुभएको थियो । त्यसरी हेर्दा खेरी मलाई लाग्छ यो जीवन्त जस्तो र यसलाई नियमित र प्रभावकारी बनाउनु नै उत्तम हुन्छ जस्तो लाग्छ । पहिले प्रश्न दिनुपर्ने मोडेल नै ठीक लाग्यो । तथ्य तथ्यांकमा पूर्व तयारी गरेर आउने हुन्छ ।’

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया