सरकार दिशाहीन स्थितिमा छ : प्रमुख सचेतक गिरी

काठमाडौँ- नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले प्रधानमन्त्री पुष्पकमल दाहालले सांसदहरूको प्रश्नको जवाफ गम्भीरताका साथ नदिएको बताएका छन् । बिहीबारको प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै प्रमुख सचेतक गिरीले प्रधानमन्त्री दाहालले प्रधानमन्त्रीबाट गम्भीरता र महत्वका साथ प्रश्नको जवाफ नआएको बताएका हुन् ।
प्रश्नोत्तर केवल औपचारिकतामा मात्रै सीमित भएको उनले बताए । मुलुकमा आर्थिक संकट भए पनि समस्याको समाधान गर्ने ठोस योजनाहरूसहितको जवाफ प्रधानमन्त्रीले दिन नसकेको उनको भनाइ छ । सरकार कुहिरोको कागजस्तो दिशाहीन अवस्थामा रहेको उनले बताए । प्रमुख सचेतक गिरीले आगामी बजेट रोजगारी सिर्जना गर्ने क्षेत्रमा लगानी गर्ने गरी आउनुपर्ने बताए ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया