राष्ट्र बैंकले वित्तीय संस्था बन्द गर्न नदिएपछि बैंकर्स संघले गर्यो ५० हजारभन्दा कम निक्षेप नलिने निर्णय

काठमाडौँ : सरकारले अत्यावश्यक सेवाको सूचीमा राखेको बैंकिङ्ग सेवा महामारीको समयमा पनि जारी राखेका छन् । २५ प्रतिशतभन्दा कम शाखा र २० प्रतिशत भन्दा कम कर्मचारी राखेर सञ्चालन गर्ने भनिए पनि संक्रमणको जोखिम कायमै छ ।
अस्पतालमा शय्या र अक्सिजन समेत अभाव भैरहेको अवस्थामा ग्राहकसँग प्रत्यक्ष सम्पर्क हुने फ्रण्ट डेस्क सेवा सञ्चालन नगर्न कर्मचारीको तीव्र दबाब छ । यतिबेला बैंकमा कोभिड–१९ संक्रमितहरूको संख्या उल्लेख्य बढेको छ ।
नेपाल बैंकर्स संघले बैंकमा भीडभाड कम गर्न ५० हजार रुपैयाँभन्दा माथिको निक्षेप मात्र लिने निर्णय गरेको छ । नेपाल बैंकर्स संघका अध्यक्ष भुवनकुमार दाहालले बैंकमा भीडभाड कम गरी संक्रमितले अन्यलाई संक्रमण गर्न नसक्नेगरी भौतिक दूरी कायम गर्न सकिने गरी जोखिम न्यूनीकरण गर्न खोजिएको बताए ।
‘हाम्रो पहिलो प्राथमिकता त केही दिन पूर्ण रूपमा बन्द गर्ने भन्ने नै थियो,’ उनले भने, ‘अत्यावश्यक सेवा अन्तर्गत पर्ने भएकाले राष्ट्र बैंकको अनुमति बिना स्वेच्छिक निर्णय गर्न सक्दैनौं ।’
यसबाहेक बैंकर्स संघले नेपाल राष्ट्र बैंकसँगको परामर्शमा डिजिटल बैंकिङ्ग सेवा लिन ग्राहकलाई आग्रह गरेको छ । बैंक तथा वित्तीय संस्थाले ५० हजारमाथिको नगद बचतमा लिनेबाहेक खाताबाट रकम झिक्ने; आइपीएस, चेक र आरटीजीएस मार्फत् रकम स्थानान्तरण, विप्रेषण र अन्तर्राष्ट्रिय व्यापारका सेवा मात्र दिने बताइएको छ ।

माथिल्लो सार्दी खोला जलविद्युत आयोजनामा एनएमबि बैंकको एकल ऋण लगानी

एनआईसी एशिया बैंकका ग्राहकले हेयर एण्ड शान्ति सैलुनमा १० प्रतिशत छुट पाउने

सिद्घार्थ बैंकका ग्राहकहरुलाई सारंग हेल्थ केयरमा १० प्रतिशत सम्मको छुट

सानिमा बैंकको अन्तरबैंक टेलर क्युआर कारोबार सेवा सञ्चालन

एनआईसी एशिया बैंकका ग्राहकले भक्तपुर इन्टरनेसनल हस्पिटलमा २० प्रतिशत छुट पाउने

ग्लोबल आइएमई बैंकका ग्राहकलाई अन्नपूर्ण न्यूरो अस्पतालमा १०% छुट

एनआईसी एशिया बैंक र एएसजी आई केयर एण्ड हेल्थ सर्भिसबीच आँखा उपचारमा सहकार्य,…

प्रतिक्रिया