एनएसएलः उपाधिका लागि काठमाडौँ र धनगढी भिड्ने

काठमाडौँ: काठमाडौँमा जारी नेपाल सुपर लिग (एनएसएल) को उपाधिका लागि काठमाडौँ रेजर्स र धनगढी एफसी भिड्ने भएका छन् । दोस्रो क्वालिफायरमा बिहीबार ललितपुर सिटी एफसीमाथि ३-० को जित दर्ता गरेपछि काठमाडौँले फाइनलमा स्थान पक्का गर्यो । पहिलो क्वालिफायरमा जित हासिल गर्दै धनगढी यसअघि नै फाइनलमा पुगिसकेको छ ।
एनएसएलमा काठमाडौँ र धनगढी तेस्रो पटक भिड्न लागेका हुन् । पहिलो क्वालिफायरमा धनगढीले काठमाडौँलाई २-१ ले हराएको थियो । त्यसअघि लिग चरणमा पनि धनगढी नै विजय भएको थियो ।
दशरथ रंगशालामा ललितपुरविरुद्धको खेलमा काठमाडौँका लागि दुई अफ्रिकी खेलाडीले गोल गरे । मेसौके ओलौमौउ र स्टेफन बिनोङले गोल गरे । ओलौमौउले १४ औँ मिनेटमा गोल गर्दै काठमाडौँलाई अग्रता दिलाएका थिए । क्यामरुनी मिडफिल्डरले २२ औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै काठमाडौँलाई २-० को स्थितीमा पुर्याए । दोस्रो हाफमा काठमाडौँले एक गोल थप्यो । गोल गर्ने खेलाडी थिए बिनोङ ।
पहिलो संस्करणको एनएसएलमा काठमाडौँका लागि अफ्रिकी खेलाडीहरू निर्णायक सावित भएका छन् । बालगोपाल महर्जनको प्रशिक्षणमा खेलिरहेको टिमले कुल १३ गोल गर्दा अफ्रिकी खेलाडीहरूले १० गोल गरेका छन् । ओलौमौउले सात गोल गरेका छन् भने बिनोङको नाममा दुई गोल छ । लिग चरणमा विराटनगरविरुद्ध महत्वपूर्ण जित दर्ता गर्दा काठमाडौँका लागि ओलौमौउले ह्याट्रिक गरेका थिए ।

मीनाको ह्याट्रिकमा श्रीलङ्काविरुद्ध नेपालको शानदार जित

चीन सरकारद्वारा राखेपलाई विभिन्न सामग्री सहयोग

डेभिस कप छनोट पारदर्शी छ : नेपाल टेनिस संघ

राजेन्द्र केसी स्मृति हिमालयन ब्लिट्ज चेस शनिबार

सन्दीप लामिछानेको सम्मानमा रङ्गशाला बन्दै

अन्ततः शुभम गिलले तोडे विराट कोहलीको कीर्तिमान

इटाली पहिलो पटक टि-२० विश्वकपका लागि छनोट

प्रतिक्रिया