एउटै फाइटमा ३० करोड खर्चँदै सलमान खान

मुम्बई - बलिउडमा हालसम्म सबैभन्दा बढी कमाई गर्न सफल फिल्म ‘पठान’मा शाहरुख खान र सलमान खानको एकसाथ उपस्थिति दर्शकका लागि उत्कृष्ट स्वाद बन्यो ।
उनीहरुको एक्सन सिक्वेन्सलाई दर्शकले उत्तिकै मनपराए । अब यो फिल्मपछि शाहरुख र सलमान यशराज फिल्मस अन्तर्गत स्पाई युनिभर्सको आगामी स्पाई थ्रिलर फिल्म ‘टाइगर ३’मा एकसाथ देखिँदैछन् । ‘पठान’मा सलमानको केमियो भए जस्तै ‘टाइगर ३’ मा शाहरुख केमियो गर्दैछन् ।
फिल्म निर्माताले फिल्मको एक एक्सन दृश्यका लागि ३० करोड रुपैंयाँ खर्च गरेका छन् । फिल्ममा शाहरुख र सलमानको यो एक्सन दृश्य एक बाइक चेज सिक्वेन्सको हुनेछ ।
फिल्म ‘पठान’मा दुवैले शाहरुख र सलमानको एक्सन दृश्य एक रेल भित्र भइरहँदा ‘टाइगर ३’मा भने उनीहरुले एक पुलमा एक्सन कला देखाउनेछन् । यो एक्सन दृश्य फिल्मकै सबैभन्दा ठूलो एक्सन दृश्य हुने बताइएको छ । तर यो दृश्यमा फिल्मका मुख्य भिलेन इमरान हासमी र प्रमुख अभिनेत्री कटरीना कैफ भने देखिने छैनन् ।
हालका दिनमा यो एक्सन दृश्य मड आइलेण्डमा खिचिरहिएको छ । एक्सनका लागि एक ठूलो सेट बनाइएको छ । जसमा ५ दिन सुटिङ भइसकेको छ भने अब करिब ८ दिनमा सुटिङ पुरा हुनेछ । यो सेटका लागि निर्माताले ३० करोड रुपैंयाँ खर्च गरिसकेका छन् । फिल्ममा मनीष शर्माको निर्देशन छ ।

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

सेन्सरमा रोकियो फिल्म ‘राजागंज’

प्रतिक्रिया