सोमबार ३० असार, २०८२
Monday, July 14, 2025

राजश्व चुहावट र पुँजी पलायनलाई कडाइका साथ नियन्त्रण गर्ने सरकारको नीति

काठमाडौँ– सरकारले राजश्व चुहावट, हुन्डी र राष्ट्रिय पुँजी पलायनलाई कडाइका साथ नियन्त्रण गर्ने नीति सार्वजनिक गरेको छ । शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा यस्तो हुने बताएका हुन् ।

‘राजश्व प्रशासनलाई थप सुदृढ र चुस्त बनाइनेछ,’ उनले भने, ‘सबै प्रकारका आर्थिक प्रणालीलाई औपचारिक प्रणालीमा आबद्ध गरिनेछ । राजश्व चुहावट, हुन्डी, अवैध कार्यक्रम राष्ट्रिय पुँजी पलायनलाई कडाइका साथ नियन्त्रण गरिनेछ ।’

सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा राष्ट्रिय प्रतिबद्धता पूरा गर्ने कार्यक्रममा तीनै तहका सरकारको अपनत्व कायम गर्ने राष्ट्रपति पौडेलले बताए ।

‘राष्ट्रिय प्राथमिकताका विषयहरू प्रदेश र स्थानीय तहले कार्यान्वयन गर्नुपर्ने नीतिगत र कानुनी व्यवस्था गरिनेछ,’ उनले भने, ‘सार्वजनिक खर्चको कार्यान्वयन क्षमतामा सुधार गरिनेछ । तीनै तहको सरकारको बजेट निर्माणदेखि कार्यान्वयन सम्म पुनरावलोकन गरी पुँजीगत खर्च वृद्धि गरिनेछ । सरकारी खर्चमा मितव्ययिता कायम गरिनेछ ।’