रूस–युक्रेन युद्धले देशको अर्थतन्त्रमा नकारात्मक प्रभाव पर्यो : राष्ट्रपति पौडेल
काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले रूस–युक्रेन युद्धका कारण मुलुकको अर्थतन्त्रमा नकारात्मक प्रभाव परेको बताएका छन् । राष्ट्रिय सभा र प्रतिनिधि सभाको संयुक्त बैठकमा आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा रूस–युक्रेन युद्धले मुलुकको अर्थतन्त्र खल्बल्याएको बताए ।
‘रूस-युक्रेन युद्धसँग विविध कारणले देशको अर्थतन्त्रको बाह्य क्षेत्रमा चाप उत्पन्न हुनुका साथै आपूर्ति श्रृंखलासमेत प्रभावित बनेको छ,’ उनले भने, ‘अर्थतन्त्रको बाह्य क्षेत्र र उद्योगको अवस्था सुधार गर्दै लगानीको अवस्थासमेत सुधार गर्नुपर्ने अवस्था आएको छ ।’
आगामी आर्थिक वर्षमा चुनौतीपूर्ण अवस्थालाई समाधान गर्दै आर्थिक वृद्धिको लक्ष्य भेट्ने गरी योजना अगाडि बढाउन आवश्यक रहेको उनको भनाइ थियो । राष्ट्रपति पौडेलले अहिले राष्ट्रिय सभा र प्रतिनिधि सभाको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेका छन् ।

अब क्यान्सरका दुर्लभ महँगो औषधी बिरामीलाई निःशुल्क : मन्त्री पौडेल

भानुभक्त आचार्य नेपाली भाषा र भावनालाई जोड्ने सेतु: प्रधानमन्त्री ओली

विकासका आयोजना निर्माणको कार्यशैली परिवर्तन गर्न प्रधानमन्त्रीको निर्देशन

विद्युत् उत्पादन वृद्धि गर्दा खरिदको सुनिश्चितता महत्त्वपूर्ण हुन्छ: अर्थमन्त्री पौडेल

मुलुकको अर्थतन्त्रमा सुधार भएको छ : प्रधानमन्त्री ओली

मुलुकको अर्थतन्त्र सुधार हुँदैछ, निराश हुनुपर्दैनः अर्थमन्त्री पौडेल

एनपिएल आयोजनाको तयारीमा ध्यान दिन राखेपलाई प्रधानमन्त्रीको आग्रह

प्रतिक्रिया