सरकारले भूमिहीन सुकुम्बासी एवं अव्यवस्थित बसोबासको समस्या समाधान गर्ने

काठमाडौँ– सरकारले आगामी वर्षको नीति तथा कार्यक्रममा भूमिहीन सुकुम्बासी एवं अव्यवस्थित बसोबासको समस्या समाधान गर्ने नीति लिएको छ । शुक्रबार संघीय संसद्को दुवै सदनलाई सम्बोधन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति यस्तो रहेको बताएका हुन् ।
राष्ट्रिय भूमि आयोगको कार्यलाई समेत तीब्रता दिने बताए । मुक्त हलिया कमयै कमलरी, भूमिहीन सुकुम्बासी एवं अव्यवस्थित बसोबासको समस्या समाधान गरिनेछ,’ उनले भने, ‘ती समुदायको विकासका लागि एकीकृत विशेष कार्यक्रम लागू गरिने छ ।’
सरकारको नीति तथा कार्यक्रममा गरिब घरपरिवारका लागि पहिचान तथा परिचयपत्र वितरण कार्यक्रम दुई वर्ष भित्र सक्ने राष्ट्रपति पौडेलले बताए ।
गरिब परिचय पत्रलाई राष्ट्रिय परिचय पत्रसँग आबद्ध गर्दै सामाजिक सुरक्षा कार्डमा रूपान्तरण गरिने सरकारको नीति रहेको उनले जानकारी दिए ।

अब क्यान्सरका दुर्लभ महँगो औषधी बिरामीलाई निःशुल्क : मन्त्री पौडेल

भानुभक्त आचार्य नेपाली भाषा र भावनालाई जोड्ने सेतु: प्रधानमन्त्री ओली

विकासका आयोजना निर्माणको कार्यशैली परिवर्तन गर्न प्रधानमन्त्रीको निर्देशन

विद्युत् उत्पादन वृद्धि गर्दा खरिदको सुनिश्चितता महत्त्वपूर्ण हुन्छ: अर्थमन्त्री पौडेल

मुलुकको अर्थतन्त्रमा सुधार भएको छ : प्रधानमन्त्री ओली

मुलुकको अर्थतन्त्र सुधार हुँदैछ, निराश हुनुपर्दैनः अर्थमन्त्री पौडेल

एनपिएल आयोजनाको तयारीमा ध्यान दिन राखेपलाई प्रधानमन्त्रीको आग्रह

प्रतिक्रिया