नागरिक उन्मुक्ति पार्टीद्वारा आफ्ना आन्दोलनका कार्यक्रम फिर्ता

काठमाडौँ- नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले भोलि जेठ ६ गतेदेखि १० गतेसम्म गर्ने भनेको नेपाल बन्द घोषणा कार्यक्रम फिर्ता लिएको छ ।
सो पार्टीका वरिष्ठ उपाध्यक्ष दामोदर पण्डितले आज एक विज्ञप्ति प्रकाशित गरी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संसद्मा लाल आयोगको प्रतिवेदन सार्वजनिक गरिने फौजदारी विधेयक संसद्मा टेबल भइसकेको जानकारी दिएको भन्दै पार्टीले जेठ ६ गतेदेखि गर्न लागेको सबै बन्दका कार्यक्रम फिर्ता लिएको जनाइएको छ ।
विज्ञप्तिमा भनिएको छ, 'सरकार पक्षबाट सम्माननीय प्रधानमन्त्रीज्यूले सदनमै ‘लाल आयोग’ प्रतिवेदन सार्वजनिक गरिने फौजदारी विधेयक संसद्मा टेबुल भइसकेको लगायत अन्य राजबन्दीको रिहाइ कानुन संशोधन गरेर भए पनि निकाल्ने प्रतिबद्धता संसद्मै जाहेर गर्नुभएको हुँदा सरकार पक्षसँग भएको सम्झौता सकारात्मक भएको महसुस नागरिक उन्मुक्ति पार्टीलाई भएकाले प्रेस विज्ञप्तिमा आह्वान गरिएको नेपाल बन्द कार्यक्रम अर्को सूचना नआउँदासम्म स्थगित गरिएको छ ।'

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया