आइतबार २२ असार, २०८२
Sunday, July 06, 2025

आफ्नै ज्यानमा आगो लगाउने ३६ वर्षीया शान्तिको उपचारको क्रममा मृत्यु

फाइल फोटो

काठमाडौं - आफनै जीउँमा आगो लगाएकी एक महिलाको उपचारको क्रममा मृत्यु भएको छ । चन्द्रागिरि नगरपालिका–९, मच्छेगाउँमा डेरा गरी बस्ने ३६ वर्षीया शान्ति श्रेष्ठको उपचारको क्रममा मृत्यु भएको हो । 

जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी एसपी सीताराम रिजालका उपचारको क्रममा उनको आज बिहान कीर्तिपुर बर्न अस्पतालमा मृत्यु भएको हो ।
प्यारालाइसिसले ग्रस्त श्रीमान मोहनकुमारको रेखदेख गर्दै आएकी श्रीमती श्रेष्ठले हिजो दिउँसो आफ्नो शरीरमा पेट्रोल खन्याएर आगो लगाएकी थिइन्।

गोले जल्दै डेराबाट निस्के पछि स्थानीयले प्रहरीलाई खबर गरी उपचारका लागि किर्तिपुरस्थित बर्न अस्पतालमा ल्याइएको थियो । जसकाे उपचारको क्रममा उनको अस्पतालमा निधन भएकाे हाे ।