झापामा लम्बियो निषेधाज्ञा : घर बाहिर ननिस्कन आदेश

झापा : झापामा थप एक साताका लागि निषेधाज्ञा लम्बिएको छ । जिल्ला प्रशासन कार्यालय झापामा बसेको जिल्लास्तरीय कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र डीसीसीएमसीको बैठकले आगामी जेठ ७ गते मध्याराति १२ बजेसम्मका लागि निषेधाज्ञा लम्बाउने निर्णय गरेको हो ।
झापामा यस अघि वैशाख १९ गतेदेखि पहिलो चरणका लागि निषेधाज्ञा लगाइएको थियो । पहिलो चरणको निषेधाज्ञा आज राति १२ बजे सकिँदै थियो । कोभिडका बिरामी जिल्लामा बढेको र मृत्यु दरसमेत उच्च रहेको पाइएपछि निषेधाज्ञा जेठ ७ गतेसम्मका लागि लगाउने निर्णय भएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले बताए ।
औषधि, स्वास्थ्य सामग्री, इन्धन बाहेक अन्य खाद्यान्न पसल, व्यवसाय पूर्ण रूपमा बन्द गर्ने र हरियो तरकारी, फलफूल, दूध तथा दूधजन्य पदार्थ स्थानीय तह र स्थानीय उद्योग वाणिज्य सङ्घको समन्वयमा बिहान ८ बजेभित्र घरघरमा होम डेलिभरी सेवा उपलब्ध गराउने सकिने निर्णय बिहिबार वसेको बैठकले निर्णय गरेको हो ।
बैठकले औषधि खरिद तथा उपचारका लागि बाहेक कुनै पनि व्यक्ति घर बाहिर ननिस्कने, अत्यावश्यक सेवा सञ्चालन बाहेकका सरकारी कार्यालय, सार्वजनिक संस्थान, बिमा लगायतका कार्यालयहरू स्थगन गर्ने निर्णय गरेको छ । रासस
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_8zoUKedmXU_dpojbthojefeqqst3sblsupl4nzfxwutlxpf7ds28rkmxq6m4pnzykltpb5m.jpg)
सभाखोलामा आएको बाढीले जनजीवन प्रभावित

तराई, पहाड र हिमालको अनुभव हुने ‘ग्रेटर मुन्दुम ट्रेल’

हुरीले घर भत्किँदा एक जनाको मृत्यु

चोरी भएका ल्यापटप एक वर्षपछि फेला परे
६४ वर्षमा पनि जाँगरिला ‘युक्ति’

चन्दा सङ्कलन गरेर विद्यालयलाई बस

१५ लाख भारुसहित एक जना पक्राउ

प्रतिक्रिया