अदालत जाने झन्झटबाट बच्यो 'काँडेतार', विवादित दृश्य काटेपछि सेन्सर फुकुवा

काठमाडौँ- चलचित्र 'काँडेतारु लाई नेपाल सरकारको सेन्सर बोर्डबाट फुकुवा भएको छ। चलचित्र सेन्सर बोर्डले फिल्ममा रहेको केही दृश्य काँटछाँट गर्दै प्रदर्शनका लागि पास गरेको हो । निर्माता निर्देशक नवल खड्काले सेन्सर बोर्डले फिल्ममा रहेको गृह मन्त्रालयको र भुटानको विषयमा रहेको दुई दृष्य काट्दै सेन्सर पास गरेको जानकारी दिए ।
चलचित्र सेन्सर बोर्डले चलचित्रका केही सम्वाद र दृश्यहरूमा आपत्ति जनाउँदै प्रदर्शनमा रोक लगाएको थियो । बोर्डले ती दृष्य काट्न भनेको थियो । तर, चलचित्र निर्माण टिम कुनै सम्वाद र दृष्यमा कैची चलाउन तयार नभएपछि सेन्सर भएको थिएन ।
निर्माता, निर्देशक र नायक नवल खड्काले कुरामा कुनै पनि दृश्य र सम्वादमा कैंची नचलाई चलचित्र प्रदर्शन गराउने प्रयास गरेका थिए । यसका लागि सेन्सरले अनुमति नदिए न्यायका लागि अदालतसमेत जान सक्ने बताएका थिए । तर उनले अन्तिममा सेन्सरका शर्त मान्दै काँटछाँट गरेका थिए ।
सामना फिल्मस् प्रालिद्वारा निर्मित चलचित्र खुला सीमाका कारण सीमाक्षेत्रमा भइरहेका अपराध, नागरिकमाथिको अत्याचारविरुद्ध नेपाली जनताको प्रतिरोधमा आधारित छ । चलचित्रको प्रदर्शन मिति एक कार्यक्रम आयोजना गरिने कुरा निर्देशक नवल खड्काले जनाएका छन् ।

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

सेन्सरमा रोकियो फिल्म ‘राजागंज’

प्रतिक्रिया