राप्रपा नेपालको कार्यसम्पादन समितिको बैठक बस्दै

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालको कार्यसम्पादन समितिको बैठक आज काठमाडौँमा बस्ने भएको छ । पुतलीसडकस्थित बज्र कम्प्लेक्समा आज दिउँसो बैठक बस्ने तयारी भएको सो पार्टीले जनाएको छ ।
यही जेठ ९ र १० गते काठमाडौँमा बस्ने केन्द्रीय समितिको बैठकको तयारीका सन्दर्भमा आजको बैठक बस्न लागेको सो पार्टीका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।
उनका अनुसार आजको बैठकमा केन्द्रीय समितिमा पार्टी अध्यक्ष कमल थापाबाट प्रस्तुत हुने राजनीतिक कार्यपत्र, महामन्त्री भास्कर भद्रा, सुशील श्रेष्ठ, राजाराम बर्तौला र केशवराज श्रेष्ठबाट प्रस्तुत हुने सचिवालय, प्रशिक्षण, सङ्गठन र ‘स्मार्ट’ पार्टी निर्माणसम्बन्धी प्रतिवेदन र कोषाध्यक्ष ज्ञानेन्द्र कार्कीबाट प्रस्तुत हुने आर्थिक प्रतिवेदनमाथि छलफल हुने जनाइएको छ ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया