मंगलबार २७ जेठ, २०८२
Tuesday, June 10, 2025

ला लिगा जितेपछि बार्सिलोनाको पहिलो हार

काठमाडौँ- स्पेनिस ला लिगाको उपाधि जितेपछि बार्सिलोनाले पहिलो हार भोगेको छ । ला लिगाअन्तर्गत शनिबार राति भएको खेलमा बार्सिलोनाले रियल सोसाइडाडसँग २-१ गोलअन्तरको पराजय भोगेको हो ।

रियल सोसाइडाडलाई जित दिलाउन मिकेल मेरिनो र अलेक्जान्डर सोरलोथले एक-एक गोल गरे । रोबर्ट लेवान्डोस्कीले बार्सिलोनाका लागि एक गोल फर्काए ।

बार्सिलोनाले चार खेल अगावै ला लिगाको उपाधि हात पारेको थियो । तर त्यसपछिको खेलमा भने पराजय भोगेको हो । बार्सिलोनाले ३५ खेलबाट ८५ अंक जोडेको छ ।

यता बार्सिलोनालाई पराजित गर्दै रियल सोसाइडाडले च्याम्पियन्स लिगका लागि छनोट हुने सम्भावना कायम राखेको छ । रियल सोसाइडाड ६५ अंकसहित चौँथो स्थानमा छ ।