भारतीय जनता पार्टी नेपाललाई हिन्दु राष्ट्र बनाउन हिडेको छ सरकारको धयान जाओस् : चित्र बहादुर केसी

काठमाडौँ - प्रतिनिधि सभा सदस्य चित्र बहादुर केसीले छिमेकी देशका सत्ताधारी पार्टीका संगठनहरुले नेपाललाई हिन्दु राष्ट्र बनाउन वकालत गर्दै हिँडेको भन्दै त्यसप्रति सरकारको ध्यानाकर्षण गराए ।
आइतबार प्रतिनिधि सभा बैठकको शुन्य समयमा बोल्दै उनले – ‘धर्म व्यक्तिको आस्थाको कुरा हो । केही दिन पहिले छिमेकका सत्ताधारी पार्टीका नजिकका संगठनहरुले नेपाललाई हिन्दु राज्य बनाउनुपर्छ । त्यसकारणले तपाईहरुले हिन्दु राज्यको पक्षमा वकालत गर्नुपर्यो । हामीले चाहिएको आवश्यक मद्दत गर्न पनि सक्छौँ भन्ने किसिमको कुरा आयो । त्यो जानकारी अमेरिकन राजदूतावासबाट हामीलाई जानकारी भयो । नेपालमा एकातिर हिन्दु धर्मको नारा लाएर राजनीति रोटी सेकाउने । अर्कोतिर इसाइ धर्मलाई हतियार बनाएर आफ्नो दुनो सोज्याउने र बौद्ध धर्मलाई हतियार बनाएर आफ्नो राजनीति दुनो सोज्याउने प्रवृत्ति नेपालमा देखापरेको छ । यो गम्भीर कुरा हो
।’
उनले देशमा धर्मलाई राजनीतिको दुनो सोज्याउने हतियार बनाइएको भन्दै यसतर्फ सचेत गराए ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया