सकियो ‘तलास २’ को छायाङ्कन

काठमाडौं - फाल्गुनन्द लिङदेन फिल्मस् र यल्लीवूड फिल्मस्को संयुक्त लगानीमा निर्माणाधिन फिल्म ‘तलास २’ को छायाङ्कन पुरा भएको छ । दिनेश लिङ्देनको निर्देशन रहेको फिल्म काठमाडौं, झापासहित पूर्वका विभिन्न स्थानमा छायाङ्कन गरिएको छ ।
निर्देशक लिङ्देनले फिल्मले हत्या, अपहरण, मानव बेचबिखनको चपेटामा परेका नेपाली महिलाहरुले भोग्नु परेको विषयवस्तु बनाएको बताए । फिल्ममा रुद्र पाहिम, पुष्पाञ्जली तिलिङ, शैलेन्द्र नाल्बो, रोहन सेन्चुरी, विमला खजुम, राजकुमार शाह, शर्मिला शर्मा, पुर्ण सेलिङ, तेज मेन्याङबो, सागर केरुङ, दिलिप योङहाङ, दिपेन्द्र नाल्बो, पुर्ण ओझा र राजु घिमिरेको अभिनय छ ।
फिल्ममा विकास चौधरीको सङ्गीत, राजेशपायल राई, मेचु धिमाल, सुवास राईको स्वर, कमल राईको नृत्य, कुमार महर्जनको द्वन्द्व र सुमन योञ्जनको छायाङ्कन छ । सुदिता लिङ्देनको प्रस्तुति रहेको फिल्ममा लिलाराज काम्बाङ सह–निर्माता र शैलेन्द्र नाल्बो निर्माता छन् ।

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

सेन्सरमा रोकियो फिल्म ‘राजागंज’

प्रतिक्रिया