बिहे भोज खाएपछि कोभिड सङ्क्रमण, एकै घरका तीनको मृत्यु

बागलुङ : बडिगाड गाउँपालिका-४ मा एकैघरका तीन जनाको कोभिड सङ्क्रमणबाट मृत्यु भएको छ । उनीहरूको एक हप्ताभित्रै मृत्यु भएको हो । बडिगाड-४ को जलजलामा दुई हप्ताअघि विवाहभोज खाएकाहरू नै सङ्क्रमित भएका थिए । मृत्यु हुनेमा पनि विवाहभोजमा गएका नै रहेको स्थानीयवासीले बताएका छन् ।
स्वास्थ्य कार्यालयका अनुसार मृत्यु हुनेमा एकै घरका ८७ वर्षीय बाबु, ५१ वर्षीय र ४० वर्षीय दुई छोरा रहेका छन् । उनीहरूमध्ये ८७ वर्षीय बाबु र ४० वर्षीय छोराको धवलागिरि अस्पताल बागलुङ र ५१ वर्षीय छोराको मणिपाल शिक्षण अस्पताल पोखरामा मृत्यु भएको स्वास्थ्य कार्यालय बागलुङका कोभिड फोकल पर्सन देवप्रकाश घिमिरेले बताए ।
एक हप्ताअघि हेलिकोप्टरबाट पोखरा उपचारका लागि लगिएका बडिगाडकै अर्का ४० वर्षीय एक पुरुषको पनि मृत्यु भएको छ । यस घटनापछि बडिगाडमा सन्त्रास छाएको छ । अधिकांश मानिस डराएका छन् । गाउँपालिकाको स्वास्थ्य शाखाले कम्तीमा १५ दिन घरभित्रै बसिदिन आग्रह गरेको छ । प्रशासनले भने जेठ १५ सम्मका लागि बागलुङ जिल्लाभर निषेधाज्ञा लगाएको छ । रासस

रिडी–तम्घास सडक कालोपत्र गरिँदै

डाडागाउँमा ‘एक घर, एक धारा’
च्याङग्राका भुवाको बजार सुनिश्चित

बागलुङकोे बुर्तिबाङ र कुश्मिसेरामा फोहर व्यवस्थापनमा समस्या

स्याङ्जाका किसानले बेचे ९० लाखको धानको बीउ

मध्यपहाडी लोकमार्गको मोदीखोलामा पुल निर्माण सुरु

दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

प्रतिक्रिया