अफगानिस्तानमा लडाईं निरन्तर

काठमाडौं : शान्ति वार्ताकै क्रममा अफगानिस्तानमा भीषण लडाई भएको छ । अफगानिस्तानको हेलमन्द प्रान्तमा सरकारी सैन्य बल र तालिवान विद्रोहीबीच तीन दिनयता लडाई जारी छ । लडाइँका कारण ५० हजार बढी स्थानीय विस्थापित भएका अन्तर्राष्ट्रिय संचारमाध्यमहरूले जनाएका छन् ।
अफगानिस्तानमा भूतपूर्व गोर्खा सैनिकहरु पनि राष्ट्रसंघीय कार्यालयहरूमा कार्यरत छन् । कोभिडका कारण कतिपय नेपाली नेपाल आएका छन् । गत महिना अफगान सरकार र तालिवानबीच शान्ति वार्ता आरम्भ भएको थियो । उनीहरुबीच कतारको दोहामा वार्ताको सिलसिला जारी छ । वार्ताकै क्रममा अफगानिस्तानमा लडाई भएको हो । वार्ता जारी भएयता यो पहिलो लडाई हो ।
पछिल्लो जारी वार्ताले मुलुकमा शान्ति स्थापना हुने अपेक्षामा अफगानी थिए । तर यो भिडन्तले उनीहरु फेरि निराश भएका छन् । ‘यो लडाईले गर्दा हाम्रो केही बाँकी रहेन । बस्ने घर छैन । भएका सम्पत्ति बस्तुभाऊ सबै गुम्यो,’ स्थानीय नेता अतिकुल्लाहले बीबीसीलाई भने । कतिपय परिवारका सदस्य तथा आफन्तहरूले लस्कर गाहमा शरण लिइरहेको जानकारी पनि उनले दिएका थिए ।
अफगान सेनालाई अमेरिकी सेनाले हवाई कारवाहीमार्फत् सघाइरहेको भए पनि त्यसमा सफलता हासिल गर्न सकेका छैनन् । लस्कर गाहलाई तालिवानबाट बचाउने प्रयास अफगानी सेनाले गरेको छ । त्यसमा अमेरिकीले सहयोग गरेको हो । यो अफगानको महत्वपूर्ण प्रान्तको राजधानी हो ।
भिडन्तको भयावह अवस्था छ । हेलमन्द र छिमेकी प्रान्त कान्दाहारमा विद्युत् आपूर्ति, आमसञ्चार लगायत सबै बन्द भएकाले जनतामा त्रास छाएको छ । उक्त समस्या सुल्झिने गरी अघि नबढेको भन्दै तालिवान विद्रोहीलाई विश्वास गरिहाल्न नहुने अफागानिस्तानस्थित नेटो प्रमुख अमेरिकी जनरल स्कट मिलरले बताएका थिए । तालिवान विद्रोहीहरूले शान्ति वार्तालाई नजर-अन्दाज गरेको आरोप लगाउँदै आएका थिए।
गत फेब्रुअरीमा अमेरिकासँग भएको सम्झौताको उल्लंघन गरेका भन्दै उनले कडा शब्दमा तालिवानको निन्दा गरेका थिए। १९ वर्ष लामो युद्धपछि अमेरिका र तालिवानले शान्ति बहालीका लागि सम्झौता गरेका थिए । सम्झौताअनुसार तालिवान पक्ष आफ्नो नियन्त्रण कायम रहेका क्षेत्रमा अल-कायदा वा अन्य चरमपन्थी समूहलाई आश्रय नदिन सहमत भएको थियो। उक्त सम्झौता पालना गरेको खण्डमा अमेरिका र नेटो सहयोगीले १४ महिनाभित्र अफगानिस्तानबाट सेना फिर्ता गर्ने समेत उल्लेख थियो ।
हेलिकप्टर जुध्यो
हेल्मन्द प्रान्तको भिडन्तका क्रममा घाइते भएका अफगान सेना बोकेका दुई एमआई-१७ हेलिकप्टर जुधेको थियो । यसरी उद्धार र युद्धमा प्रयोग भएका हेलिकप्टर जुध्दा कम्तीमा नौ जना सैनिकको मृत्यु भएको जानकारी दिइएको छ ।
रुसमा निर्मित उक्त हेलिकप्टरमा आएको प्राविधिक समस्याका कारण बुधबार बिहान नवा जिल्लामा दुर्घटना भएको हो । अफगानिस्तानको रक्षा मन्त्रालयले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ।

भारतीयको रोजाइमा सिन्की, नेपाली हस्तकला र विजयसालका भाँडा

पाँचौँ नेपाल–जापान न्युरोसर्जरी सम्मेलन आजदेखि सुरु

एनआरएनएको एकता महाधिवेशनका लागि निर्वाचन समिति गठन

अमेरिकाको टेक्सस राज्य संसदद्वारा १३ मार्चलाई ‘नेपाली लुम्बिनी एड्भोकेसी डे’ घ…

बैतडीको मेलौलीका एक युवक मलेसियामा बेपत्ता
साउदीमा राष्ट्रिय प्रजातन्त्र दिवस मनाइयो
अष्ट्रेलियामा २४ सयभन्दा बढी नेपालीले लिए मोबाइल पासपोर्ट सेवाबाट लाभ

प्रतिक्रिया