सरकारको नीति तथा कार्यक्रममै अस्पष्टता छ : अर्थविद्

काठमाडौँ- सरोकारवालाहरूले सरकारले ल्याएको नीति तथा कार्यक्रमलाई बजेटमार्फत समृद्ध गर्नुपर्नेमा जोड दिएका छन् ।
रिपोर्टस क्लब नेपालले आइतबार काठमाडौँमा गरेको साक्षात्कारमा उनीहरूले सरकारको नीति तथा कार्यक्रममै अस्पष्टता रहेको भन्दै बजेटमार्फत समृद्ध गर्नुपर्नेमा जोड दिएका हुन् । अर्थविद् डा.चन्द्रमणि अधिकारीले सरकारको नीति तथा कार्यक्रममै अस्पष्टता रहेको बताए । उनले सरकारले अघिल्ला बुँदाहरूमा सबै क्षेत्रमा सकारात्मकता देखाए पनि पछिल्ला बुँदामा मूल्यवृद्धि, खर्चलगायतका विषयमा समस्या देखाएको बताए ।
यस्तै, अर्थविद् डा. गोपीलाल न्यौपानेले सरकारले नेपालमा बन्द भएका उद्योगहरू सञ्चालन गर्ने कुरा नीति तथा कार्यक्रममा समावेश गरे पनि के कारणले ती उद्योगहरू बन्द भएका थिए भनेर पहिचान नगरेको टिप्पणी गरे । नीति तथा कार्यक्रममा नेपालमा मल कारखाना खोल्ने उल्लेख गरे पनि कारखाना खोल्नका लागि लगानी कहाँबाट ल्याउने भन्नेतर्फ सोच्न नसकेको उनले बताए ।
त्यस्तै, अर्थविद् डा. डिल्लीराज खनालले अर्थतन्त्रमा रहेको समस्या समाधानको अभ्यासलाई सम्बोधन गर्ने गरी सरकारका नीति तथा कार्यक्रम आउनुपर्ने भए पनि त्यसो हुन नसकेको बताए । उनले सरकारका नीति तथा कार्यक्रमबीचमै अन्तरविरोध रहेको जिकिर गरे ।
उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य डा. सुवोधकुमार गुप्ताले अहिलेको आर्थिक समस्याको समाधानको लागि अर्थमन्त्रालय, राष्ट्र बैंक र सरोकारवाला विभिन्न निकायबीच समन्वयको अभाव रहेको बताए ।

यातायात कार्यालयद्वारा २८ करोडभन्दा बढी राजस्व सङ्कलन

तरकारी र फलफूल किन्दै हुनुहुन्छ ? हेर्नुहोस् मूल्यसूची

कतिमा हुँदैछ आज विदेशी मुद्राको कारोबार ?

मेची भन्सारबाट रु १५ अर्ब ९३ करोड राजस्व असुली

सरकारको आम्दानी र खर्च दुवै कमजोर : बजेट खर्च १५ खर्ब २३ अर्ब, आम्दानी १२ खर्ब …

प्रभु हेलिकप्टर १०औँ वर्षमा, आइपिओ निष्कासनको तयारी

आव २०८१/८२ मा २१ खर्ब २४ अर्ब ९१ करोड बराबरको धितोपत्र कारोबार

प्रतिक्रिया