बलात्कारपछि हत्या गरी फरार दुई जना १६ वर्षपछि पक्राउ

सुनसरी- १६ वर्षअघि बलात्कारपछि हत्या गरेर फरार भएका दुई जना पक्राउ परेका छन् ।
धरान उपमहानगरपालिका–१२ की २५ वर्षीया ललिता राईलाई बलात्कारपछि हत्या गरेर १६ वर्षदेखि फरार रहेका दुई जना पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी कार्यालयका अनुसार पक्राउ पर्नेमा धनकुटा शहिदभुमी गाउँपालिका–१ का ५६ वर्षीय चन्द्रबहादुर राई र ४४ वर्षीय कल्पन राईलाई पक्राउ गरिएको हो ।
इलाका प्रहरी कार्यालय धरानका डिएसपी नवराज मल्लका अनुसार शहिदभुमी गाउँपालिकाबाट पक्राउ गरी उनीहरूलाई जिल्ला अदालत सुनसरीमा म्याद थपका लागि लगिएको थियो । जसअनुसार १० दिनको म्याद थप गरी उनीहरूमाथि अनुसन्धान अगाडी बढाइएको मल्लले जानकारी दिए । उनका अनुसार पक्राउ पर्ने बितिक्कै दुवै जनाले आफुले गरेको सो अपराध स्वीकार गरेका छन् ।
गत २०६४ मंसिर २३ गते धरानको बलभद्रेश्वर अरुणोदय धर्मशालामा लगि ललितालाई पालैपालो बलात्कार गरेको तर ललिता चिच्याउन थालेपछि पोल खुल्ने डरले हत्या गरेर फरार भएको दुवै जनाले स्वीकार गरेको प्रहरीले जनाएको छ ।

कोशी प्रदेशसभाबाट प्रतिस्थापन विधेयक पारित

लम्पी स्किनबाट पशु सङ्क्रमित हुँदा किसान समस्यामा
भोजपुर हत्या घटना : शवलाई ‘फरेन्सिक’ परीक्षण गर्न धरान पठाइयो

करेन्ट लागेर जिमीको मृत्यु
भोजपुर धोद्नेखानी घटना : मृतकको शव परीक्षण गर्न धरान पठाइने

सोलुखुम्बुको सल्लेरीमा ‘स्केट पार्क’

झापामा पर्याप्त वर्षा नहुँदा रोपाइँ प्रभावित

प्रतिक्रिया