चेल्सीलाई पराजित गर्दै सिटीले मनायो उपाधि उत्सव

काठमाडौँ- म्यानचेस्टर सिटीले प्रिमियर लिग फुटबलको उपाधि उत्सव चेल्सीलाई पराजित गर्दै मनाएको छ । इतिहाद स्टेडियममा आइतबार राति भएको खेलमा सिटीले चेल्सीलाई १-० ले पराजित गरेको हो ।
सिटीले लगातार तेस्रो पटक प्रिमियर लिगको उपाधि हात पार्दा घरेलु मैदानमा चेल्सीलाई पराजित गरेको हो । नटिङ्घम फरेस्टले दोस्रो स्थानको आर्सनललाई शनिबार राति पराजित गरेसँगै सिटीले ३ खेल अगावै लिगको उपाधि जितेको थियो ।
सिटीले नर्वेजियन स्ट्राइकर अर्लिङ हालान्डलाई विश्राम दिएपनि जुलियन अल्भारेजले सिटीका लागि चेल्सीविरुद्ध गोल गरे ।
जितसँगै सिटीले ३६ खेलबाट ८८ अंक जोडेको छ । यता दोस्रो स्थानको आर्सनलले ३७ खेलबाट ८१ अंक जोडेको छ । यता १२ औँ स्थानमा रहेको चेल्सीको ४३ अंक छ ।

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

म्यानचेस्टर युनाइटेड ३-० को जितमा

प्रतिक्रिया