‘परस्त्री’मा भारतीय गायक-गायिका अमित , सोनल र कुनाल गाञ्जावालाको स्वर

काठमाडौं - नेपाल र भारतमा एक साथ रिलिज हुने नेपाली सिनेमा ‘परस्त्री’का तीनवटा गीत भारतीय गायक\गायिकाले गाउने भएका छन् । फिल्ममा रहने गीत अमित मिश्र, सोनल प्रधान र कुनाल गाञ्जावालाले गाउने भएका हुन् । अमित, सोनल र कुनल तीनैजना बलिउडमा लोकप्रिय प्लेब्याक सिंगर हुन् ।
'कुनाल गाञ्जावालाको स्वरमा गीत रेकर्ड भइसकेको छ भने अमित र सोनलले गाउन बाँकी छ । ‘सोनल र अमितले पनि गीत रेकर्ड गर्दैछन्,’ परस्त्रीका निर्देशक सुरज पाण्डेले भने ।
नेपालीमा भने केतन क्षेत्री र निकिथा थापाले गीत गाएका छन् । भारतीय सिंगरले गाएका गीत भने जेठ १६ गते रिलिज गर्ने निर्देशक सुरजले जानकारी दिए । इन्डो–नेपाली सिनेमा ‘परस्त्री’ जुन ३० अर्थात असार १५ गते नेपाल र भारतमा यो सिनेमा एकसाथ रिलिज हुँदैछ ।
सुरजले निर्देशन गरेको सिनेमा दीपेन्द्र के खनालले कथा लेखेका छन् । शर्मिला पाण्डेले निर्माण गरेको सिनेमा डीएस डिजिटलको प्रस्तुति रहेको छ । ‘परस्त्री’ हिन्दी भाषामा डबिङ भइसकेको छ । ‘परस्त्री’को पोस्टर बलिउड ट्रेड एनलाइसिस्ट तरण आदर्शले सार्वजनिक गरेका थिए । सिनेमामा कोशिस क्षेत्री, शिल्पा मास्के, गौरव विष्ट, अलिसा क्षेत्री, आशान्त शर्मालगायत कलाकारको अभिनय रहेको छ ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया