मन्त्रालय बाँडफाँटबारे बैठक सुरु

जनकपुरधाम- मधेश प्रदेश सरकारकाे मन्त्रालय बाँडफाँटबारे बैठक सुरु भएकाे छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषदकाे कार्यालयमा बसेकाे बैठकमा पाँच दलीय गठबन्धन दलका प्रदेश दलीय नेताहरूकाे बैठक सुरु भएकाे हाे । आइतबार ११ बजे बस्ने भनिएकाे बैठक आज अढाई बजेदेखि सुरु भएकाे छ ।
मुख्यमन्त्री सराेजकुमार यादवकाे अध्यक्षतामा बसेकाे बैठकमा नेपाली कांग्रेसका कृष्ण यादव, लाेसपाका अभिराम शर्मा, माओवादी केन्द्रका भरतप्रसाद साह, नेकपा (एस) का गाेविन्द न्याेपानेकाे सहभागिता रहेकाे छ ।
बैठकमा आलाेपालाे अनुसार सरकार नेतृत्वकाे समयावधि, अर्काे कार्यकाल कसले पाउने र मन्त्रालय बाँडफाँटबारे छलफल हुने बताइएकाे छ ।
शुक्रबार सत्तारूढ दलका शीर्ष नेताहरूसहित प्रदेशका दलीय नेताहरूको सहभागितामा भएको बैठकले वर्तमान जसपा नेतृत्वका सरकारलाई यथावत् राख्दै मधेश प्रदेशमा आलोपालो सरकारको नेतृत्व गर्ने निर्णय भएकाे थियाे ।
अर्को कार्यकालको नेतृत्व कुन दलले कति समयका लागि नेतृत्व पाउने र मन्त्रालय भागबण्डाबारे आइतबार जनकपुरधाममा बस्ने प्रादेशिक दलीय नेताहरूबीचको छलफलबाट प्याकेजमा सहमति गरिने निर्णय गरिएकाे थियाे ।

बजेट व्यावहारिक र कार्यान्वयनमुखी हुनुपर्छ: सांसदहरु

केही दिनभित्रै गभर्नरको नियुक्ति हुन्छ : सञ्चारमन्त्री गुरुङ

माओवादी केन्द्रप्रति जनताको आकर्षण बढेको छ : अध्यक्ष दाहाल

चौधरीलाई मन्त्री बनाउन संसदीय दलको सिफारिस

मानसिक स्वास्थ्य समस्या गम्भीर चुनौतीका रूपमा देखियो: मन्त्री पौडेल

‘सगरमाथा संवाद’मा सोलुखुम्बुको थामेको आवाज सम्बोधन हुने : प्रधानमन्त्री ओली

दमक भ्युटावर शुल्क लिई सञ्चालन गर्न स्वीकृति

प्रतिक्रिया