लुम्बिनी प्रदेश सरकारले पायाे थप तीन मन्त्री

बुटवल- लुम्बिनी प्रदेश सरकारले थप तीन जना मन्त्री पाएको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले तीन जना मन्त्री थप गर्दै मन्त्रिपरिषदको विस्तार गरेका छन् । प्रदेश सरकारमा मुख्यमन्त्रीसहित चार जना मन्त्री रहेकोमा तीन जना नयाँ मन्त्री थपेर मुख्यमन्त्री चौधरीले मन्त्रिपरिषदको विस्तार गरेका हुन् ।
मन्त्रिपरिषदमा कांग्रेसबाट एक, जनता समाजवादीबाट एक र जनमत पार्टीबाट एक गरी तीन जना मन्त्री थपिएका छन् । कांग्रेसबाट राजु खनाल स्वास्थ्य मन्त्री, जनता समाजवादी पार्टीका भण्डारी लाल अहिर कृषि तथा भूमि व्यवस्था मन्त्री तथा जनमत पार्टीका चन्द्रकेश गुप्ता सामाजिक विकास मन्त्री बनेका छन् ।
वैशाख १५ मा मन्त्री बनेका नागरिक उन्मुक्ति पार्टीका धर्मबहादुर चौधरीलाई भौतिक पूर्वाधार विकास मन्त्रालय र लोकतान्त्रिक समाजवादी पार्टीका सन्तोष पाण्डेलाई आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिइएको छ । मुख्यमन्त्री चौधरीले आफूसँग तीन वटा मन्त्रालय राखेका छन् ।
मुख्यमन्त्री चौधरीले खानेपानी ग्रामीण तथा सहकारी विकास, वन तथा वातावरण मन्त्रालय, उद्योग पर्यटन तथा यातायात व्यवस्था मन्त्रालय आफू सँगै राखेका छन् । माओवादीका धनबहादुर मास्कीलाई यस अघि नै आर्थिक मामिला मन्त्रालयको जिम्मेवारी दिइएको थियो ।

गृहमन्त्रीले दिए प्रधानमन्त्रीको स्पेन भ्रमणमा सरकारी प्रतिनिधिमण्डल बाहेक अरूलाई…

सरकारको एक वर्ष : आर्थिक क्षेत्रमा के-के भयो काम ?

प्रतिनिधिसभाको बैठक बस्दै

केपी ओली बिनाको एमाले होस भन्ने चाहाना पुरा हुदैँन्ः प्रधानमन्त्री ओली

प्रधानमन्त्री ओलीबाट हुलाकी राजमार्गको रतुवा पुल उदघाटन
रास्वपाको सामान्य प्रशासन मन्त्री गुप्ताको अडियो प्रकरणको छानविन गर्न माग

राप्रपाका असन्तुष्ट नेताले निर्वाचन आयोगमा दिए उजुरी

प्रतिक्रिया