रियल मड्रिडका फरवार्ड जुनियर भन्छन्, ’ला लिगा जातीय विभेदकारीहरुको हो’

काठमाडौँ- स्पेनिस ला लिगा क्लब रियल मड्रिडका फरवार्ड भिनिसियस जुनियरले ला लिगा विभेदकारीहरुको भएको बताएका छन् । ला लिगाअन्तर्गत रियल मड्रिड र भ्यालेन्सियाबीचको खेलका क्रममा जुनियरमाथि भ्यालेन्सियाका खेलाडीहरुले जातीय विभेद गरेपछि जुनियरको यस्तो भनाइ आएको बीबीसीले जनाएको छ ।
रियल मड्रिडले भ्यालेन्सियाविरुद्ध १-० को पराजय भोगेको खेलमा ९७ औँ मिनेटमा ह्युगो डुरोसँग विवाद गरेको भन्दै जुनियर रातो कार्ड खाँदै मैदान बाहिरिएका थिए ।
त्यसअघि २२ वर्षीय ब्राजिलियन फरवार्ड जुनियरले भ्यालेन्सियाका समर्थकहरुले विभेद गरेको भन्दै रेफ्रीको ध्यानाकर्षण गराएका थिए ।
‘यसअघि ला लिगा रोनाल्डिन्हो, रोनाल्डो, क्रिस्टियानो तथा मेस्सीको भएपनि अहिले यो विभेदकारीहरुको हो,’ जुनियरले सामाजिक सञ्जाल इन्टाग्राममा लेखेका छन् ।
उनले जातीय विभेद ला लिगामा एक वा दुई पटक मात्र नभएर अहिले सामान्य बनिसकेको समेत जनाए ।
जुनियरले ब्राजिलियन नागरिकको दृष्टीमा स्पेन अहिले एक जातीय विभेद गर्ने देशको रुपमा चिनिएको समेत दावी गरे । यस सिजन जुनियरमाथि बारम्बार दुर्व्यवहार भइरहेको बीबीसीले उल्लेख गरेको छ ।
यता ला लिगाले भने यस विषयमा अनुसन्धान गर्ने तथा दोषीमाथि कडा कारवाही गर्ने जनाएको छ । तर ला लिगाका अध्यक्ष जाभियर टेबासले भने दुर्व्यवहारको बारेमा छलफल गर्नका लागि जुनियरलाई दुई पटक बोलाउँदा पनि नआएको उल्लेख गरेका छन् ।

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

म्यानचेस्टर युनाइटेड ३-० को जितमा

प्रतिक्रिया