न्यूकासल २० वर्षपछि च्याम्पियन्स लिगमा

काठमाडौँ- न्यूकासल युनाइटेडले २० वर्षमा पहिलो पटक युरोपियन च्याम्पियन्स लिग फुटबल खेल्ने भएको छ । इंग्लिस प्रिमियर लिगअन्तर्गत सोमबार राति लेस्टरसँग गोलरहित बराबरी खेल्दै न्यूकासलले २० वर्षपछि च्याम्पियन्स लिगमा स्थान सुरक्षित गरेको हो ।
न्यूकासलले यसअघि सन् २००२-०३ को सिजनमा च्याम्पियन्स लिग खेलेको थियो ।
लिगमा एक खेलमात्र खेल्न बाँकी रहेको न्यूकासल ३७ खेलबाट ७० अंकसहित तालिकाको तेस्रो स्थानमा छ । ३७ खेल नै खेलेको पाँचौ स्थानको लिभरपुलभन्दा ४ अंक अगाडी छ । चौँथो स्थानको युनाइटेको भने ३६ खेलमा ६९ अंक छ ।
अर्कोतर्फ ३७ खेलबाट ३१ अंकमात्र जोड्न सकेको लेस्टर भने रेलिगेसनमा पर्ने खतरामा छ । लेस्टर अहिले १८ औँ स्थानमा छ ।

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

म्यानचेस्टर युनाइटेड ३-० को जितमा

प्रतिक्रिया