बागमती सरकारले तीन दिन गणतन्त्र दिवस मनाउने

मकवानपुर- बागमती प्रदेश सरकारले तीन दिन गणतन्त्र दिवस विविध कार्यक्रम गरी मनाउने भएको छ । मंगलबार प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलको बसेको सर्वपक्षीय बैठकले गणतन्त्र दिवस तीन दिन विविध कार्यक्रमका साथ मनाउने निर्णय गरेकाे हाे ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सूचना अधिकृत सुरेन्द्र कार्कीका अनुसार बैठकले जेष्ठ १४, १५ र १६ गते विविध कार्यक्रम गरी गणतन्त्र दिवस २०८० भव्य रूपमा मनाउने निर्णय गरेको हो । गणतन्त्र दिवसको पहिलाे दिन जेष्ठ १४ गते हेटौंडा नगर सरसफाइ तथा सरकारी कार्यालयहरूमा नेपालको राष्ट्रिय झण्डा फहराउने कार्यक्रमकाे तय भएकाे छ ।
यस्तै जेष्ठ १५ गते विहान प्रभातफेरी हुँदै मन्त्रिपरिषद् कार्यालयमा पुगेर कार्यक्रमको आयोजना तथा साँझ दीपावली गरिने छ । जेष्ठ १६ गते खेलकुद र सरसफाइ कार्यक्रमको आयोजना गरिने कार्कीले बताए ।
गणतन्त्र दिवस मनाउन प्रदेशका मुख्यमन्त्री जम्मकट्टेलको संयोजकत्वमा ३७ सदस्यीय मूल समारोह समिति गठन गरिएको छ । समितिमा प्रदेश सभामुख भुवन पाठक, उपसभामुख अप्सरा चापागाईँ, प्रदेश मन्त्रीहरू, मन्त्रालयका सचिवहरू, नेपाल पत्रकार महासंघ बागमती प्रदेशका प्रतिनिधि, उद्योग वाणिज्य महासंघका प्रतिनिधि, हेटौंडा उपमहानगरपालिकाकी मेयर मीना लामा, जिल्ला समन्वय समितिका प्रमुख ललित घलान, पत्रकार महासंघ मकवानपुरका प्रतिनिधि, विभिन्न राजनीतिक दलका प्रतिनिधि, समाजसेवीहरू, मकवानपुरका प्रजिअ लगायत सदस्य रहेका छन् ।

झौखेलका पाँच खानेपानी उद्योगलाई प्रतिबन्ध

सडक दुर्घटना कम गर्न सडक सङ्केत राख्दै काठमाडौँ महानगर

गण्डकी प्रदेशका पूर्वप्रमुख गुरुङको निधन

गाडीले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

नक्कली नोटसहित दुई जना पक्राउ

दिदीबहिनी मृत फेला

चितवन राष्ट्रिय निकुञ्ज : वन्यजन्तुको आक्रमणबाट एक वर्षमा ११ जनाको मृत्यु

प्रतिक्रिया