कांग्रेस, माओवादी र जसपा यादवसमूहको गठबन्धन यथावत

काठमाडौँ : वैकल्पिक सरकार बनाउन नसकेपछि कांग्रेस, माओवादी र जनता समाजवादी पार्टी (जसपा)का उपेन्द यादव खेमाले आफ्नो कमजोरी बारे समिक्षा गर्दै सहकार्य जारी राख्ने भएका छन् । कांग्रेस सभापति शेरबहादुर देउवा निवासमा भएको छलफलमा माधवकुमार नेपाल र महन्थ ठाकुरले धोका दिएको निश्कर्ष निकालेका हुन् ।
उनीहरूले यहाँको आन्तरिक कारण नभै अन्य बलका कारण धोका दिएको पनि उनीहरुको समिक्षा छ । यद्यपि त्यसको पुष्टि गर्न नसकिएको छलफलमा सहभागि एक नेताले बताए । बुढानीलकण्ठमा सभापति देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल र जसपा अध्यक्ष उपेन्द्र यादवसहितले यस्तो निष्कर्ष निकालेका हुन् ।
देउवालाई प्रधानमन्त्री बनाउने गरी भएको पहलमा कहाँ कमजोरी भएको भन्ने विषयमा पनि छलफल भएको बताइएकाे छ । यता शपथको तयारी भइरहँदा बुढानीलकण्ठमा उनीहरूको समिक्षात्मक बैठक भएको हो । बैठकमा विदेशी शक्तिको चाहना नै ओलीको निरन्तरता रहेको छताछुल्ल भएको पनि भनिएको छ । त्यसमा धेरै समिक्षा गर्न नपर्ने धारणा आएको पनि बताएका छन् ।
वर्तमान सरकार निर्माणमा विदेशी शक्तिको विशेष भूमिका रहेको भन्दै त्यसमा गम्भीर हुनु पर्ने धारणा बारेमा छलफल भएको थियो । आगामी कदमहरूलाई नजिकबाट नियाल्न पर्ने धारणा पनि छलफल भएको थियो । कांग्रेस, माओवादी र जसपाको यादव खेमाको संवाद र सहकार्य यथावत रहने पनि जनाए ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया