केशव दुलालले राजेश बज्राचार्यलाई डामेपछि शंकर पोखरेलको प्रतिक्रिया : आफूले काँक्रो चोरेर किसानको अनुहारमा बियाँ टाँसे

काठमाडौँ- नेकपा एमालेका महासचिव शंकर पोखरेलले नक्कली भुटानी शरणार्थी प्रकरण सत्तास्वार्थका लागि गरिएको लज्जास्पद नाटक भएको बताएका छन् । सामाजिक सञ्जालमा लेख्दै महासचिव पोखरेलले सत्तास्वार्थका लागि गरिएको यो लज्जास्पद नाटकको एक दिन पटाक्षेप हुने बताएका छन् ।
'सत्तास्वार्थका लागि गरिएको यो लज्जास्पद नाटकको एक दिन पटाक्षेप हुनेनै छ' उनले लेखेका छन् ।
त्यस्तै उनले काँक्राचोरले काँक्रा आफुले खाएर बियाँ सोझा गाउँले किसानको अनुहारमा टासिदिएर चोरको आरोप लगाएजस्तो बनाइएको आरोप लगाए । 'काक्राँचोरले काँक्रा आफुले खाएर बियाँ सोझा गाउँले किसानको अनुहारमा टासिदिएर चोरको आरोप लगाएजस्तो बनाइएछ' महासचिव पोखरेलले लेखेका छन् ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका केशवप्रसाद दुलालले आफूले २०७६ असारमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख स्वकीय सचिव राजेश बज्राचार्यलाई १ करोड रुपैयाँ दिएको बयान दिएका थिए ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया