रोनाल्डो भन्छन्, ‘साउदी प्रो लिग विश्वकै शीर्ष पाचौँ लिग बन्न सक्छ’

काठमाडौँ- पोर्चुगिज फुटबल स्टार क्रिस्टियानो रोनाल्डोले साउदी प्रो लिग विश्वकै शीर्ष पाचौँ लिग बन्ने विश्वास व्यक्त गरेका छन् । रोनाल्डोले जनवरीमा साउदी अरेवियन क्लब अल-नासरसँग कीर्तिमानी मूल्यमा सम्झौता गरेका थिए ।
३८ वर्षीय फरवार्डले विश्वका शीर्ष ३ लिगका लागि खेलिसकेका छन् । उनले स्पेनिस ला लिगामा रियल मड्रिड, इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेड तथा इटालीको ‘सिरि ए’ मा युभेन्टसका लागि खेलिसकेका छन् ।
२ सय मिलियन यूरो भन्दा बढी रकममा अल-नासरसँग सम्झौता गरेका रोनाल्डोले आफू आएदेखि नै साउदी प्रो लिगको स्तरमा निकै वृद्धि भएको दावी गरेका रोयटर्सले जनाएको छ ।
उनले साउदी लिग राम्रो हुँदै गएको तथा आगामी वर्ष थप उत्कृष्ट हुने विश्वास व्यक्त गरे । उनले एकपछि अर्को गर्दै साउदी लिग विश्वकै शीर्ष पाचौँ लिगभित्र पर्ने दावी गरे ।

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

म्यानचेस्टर युनाइटेड ३-० को जितमा

प्रतिक्रिया