काठमाडौं उपत्यकामा भोलि सार्वजनिक बिदा

काठमाडौं - गृह मन्त्रालयले बिहीबार काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिएको छ । मन्त्रालयले रातो मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राको अवसरमा बिहीबार काठमाडौं, ललितपुर र भक्तपुर जिल्लामा सार्वजनिक बिदा दिएको हो ।
मन्त्रालयका सहसचिव तथा प्रवक्ता जितेन्द्र बस्नेतले बुधबार जारी गरेको सार्वजनिक सूचनामा उल्लेख गरिएको छ, ‘वि.सं.२०८० साल जेष्ठ ११ गते बिहीबारका दिन रातो मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राको अवसरमा काठमाडौं उपत्यकाका ३ (तीन) जिल्लाहरुमा सार्वजनिक बिदा दिने निर्णय भएको हुँदा सम्बन्धित् सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।’

झौखेलका पाँच खानेपानी उद्योगलाई प्रतिबन्ध

सडक दुर्घटना कम गर्न सडक सङ्केत राख्दै काठमाडौँ महानगर

गण्डकी प्रदेशका पूर्वप्रमुख गुरुङको निधन

गाडीले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

नक्कली नोटसहित दुई जना पक्राउ

दिदीबहिनी मृत फेला

चितवन राष्ट्रिय निकुञ्ज : वन्यजन्तुको आक्रमणबाट एक वर्षमा ११ जनाको मृत्यु

प्रतिक्रिया