उखु किसानको अनुदान बापतको रकम भुक्तानीका लागि प्रधानमन्त्रीसंग कुरा गर्छु : बाबुराम भट्टराई
काठमाडौँ - नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले उखु किसानको अनुदान बापतको रकम भुक्तानीका लागि प्रधानमन्त्रीसंग कुरा गर्ने प्रतिवद्धता जनाएका छन् ।
बुधबार काठमाडौंको माइतिघरमा धर्नामा बसेका उखु किसानहरुसंगको भेटपछि भट्टराईले विश्वमा नै किसानहरुलाई अनुदान दिने प्रचलन रहेकोमा नेपालमा पनि सरकारले यसअघि नै घोषणा गरेको अनुदान वापतको रकम भुक्तानीका लागि प्रधानमन्त्रीसंग कुरा गर्ने प्रतिवद्धता जनाएका हुन् ।
आर्थिक बर्ष २०७१÷७२ मा सरकारले रु २५ प्रति क्विन्टल अनुदान उखु किसानलाई दिने निर्णय गरेपनि हालसम्म नपाएको भन्दै कपिलवस्तु किसान संघ तथा उखु किसान संघर्ष समितिले धर्ना दिदै आएका छन् । भट्टराईले किसानहरुले सरकारबाट पाउनुपर्ने अनुदान नपाउँदा बाहिरबाट आउने कृषिजन्य बस्तुसंग प्रतिष्पर्धा गर्न नसक्दा किसानहरु मारमा परेको बताए । उखु किसानलाई दिईने अनुदानमा भ्रष्टाचार हुनसक्ने देखिएको भन्दै यसमा गम्भीर हुनुपर्ने उनको भनाइ छ ।
उखु किसानहरुले सवै उखु किसानलाई अनुदानको व्यवस्था गर्नुपर्ने, कृषि उपजको सरकारले निर्धारण गरेको न्युनतम समर्थन मुल्य अनिवार्य रुपमा पाउने व्यवस्था मिलाउनुपर्ने माग गरेका छन् ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया