पाँच हजार एमएएच ब्याट्री भएको रियलमी सी ११ २०२१ सार्वजनिक

काठमाडौँ : रियलमीको मोबाइल फोन ‘रियलमी सी ११ २०२१’ नेपालमा सार्वजनिक गरिएको छ । सार्वजनिक भए लगतै ‘रियलमी सी ११ २०२१’ आजबाट बजारमा उपलब्ध भएको छ ।
यो फोनमा ५००० एमएएच ब्याट्रीका साथ बजारमा आएको छ, जो दिनभर अत्यधिक उपयोग गर्दा समेत लामो समय सम्मका लागि टिकाउ रहने कम्पनीले जानकारी दिएको छ । रियलमीको प्रयोगशालामा परीक्षणका क्रममा देखिएको तथ्यांक अनुसार यसको ब्याट्री निरन्तर युट्युब चलाउँदा १७ घण्टासम्म, निरन्तर फोनमा कुरा गर्दा ३७ घण्टासम्म र निरन्तर संगीत सुन्दा १०८ घण्टासम्म टिक्दछ । यसैगरी स्टान्डबाइ रुपमा राखि मात्र राख्ने हो भने यसको ब्याट्री ४३ दिनसम्म टिकाउ रहेको देखिएको छ ।
यसैगरी मोबाइलमा पावर सेभिङ मोड पनि छ जसले सामान्यता प्रयोग भइरहने मुख्य ६ वटा एप चलाउंदा समेत अधिकतम ब्याट्री बचत गर्दछ । यो स्मार्टफोनमा ६.५ इन्च (१६.५ सीएम) को ठूलो एलइडी डिस्प्ले प्रयोग गरिएको छ । यो एक फुल–स्क्रिन मिनीड्रप स्क्रिन हो जसले सामाजिक सञ्जाल चलाउँदा, गेम खेल्दा र भिडियो हेर्दा तपाईँलाई भच्र्युल दुनियाँको गहिरो आनन्ददायी अनुभूति दिलाउँछ । यसको एचडी प्लस रिजोलुशन डिस्प्लेले ४०० निटस माथिको उज्ज्यालो र ८९.५ प्रतिशत आकर्षक स्क्रीन बडी अनुपात छ ।
फ्रेम बाहिर डिस्प्लेमा रहेको छ ओक्टा कोर प्रोसेसरसँग जोडी मिलेको २ जीबी ड्युल च्यानल एपीडीडीआर ४ एक्स र्याम र २५६ जीबी सम्मको माइक्रोएसडी कार्ड राख्न सकिने ३२ जीबी स्टोरेज छ । उच्च श्रेणीको ४ एक्स र्यामको प्रयोग तपाईँका लागि लाभदायी छ किनभने यसले पावर खपत १७ प्रतिशत कम गरेको छ भने प्रदर्शन १५ प्रतिशतले वृद्धि गरेको छ । ’ताल नीलो’र ’फलामे–खैरो’ दुई रङ्गमा उपलब्ध 'रियलमी सी ११ २०२१' को मूल्य १२ हजार ९९० रुपैयाँ छ ।

दराज नेपालद्वारा नयाँ अप्सन ‘च्वाइस’ सार्वजनिक गर्ने तयारी
_m5brk45wDd_tfrh4cuznqd3gnmwqer0yqykljytpc6p0rlom79zez0u1lljarfiuust7veg_uzduxJ34C2_ctthovwqqua4vqpjgstbqbyurhzjmq43fnl6c6jdge0zo1tamhbb8qurkuft.jpeg)
एनसेल एप प्रयोग गरी रिचार्ज गर्दा ग्राहकलाई बोनस डेटा

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा वादी सरोकार मञ्च नेपाललाई खाद्यान्न सामग्री सहयोग

दराजद्वारा फ्युचर लिडर्स प्रोग्राम २०२५ को आवेदन खुल्ला, दक्षिण एशियाका उत्कृष्ट …
पठाओ एपमा थपियो रेन्टल सेवाः कार, एसयूभी, माइक्रो र मिनीबसदेखि ठूला बससम्म …

नयाँ वर्षमा पठाओको ‘पार्सल डेलिभरी महोत्सव’

एनसेल एनएसएलः ललितपुर सिटी एफसीको ‘पावर्ड बाई’ पार्टनरमा एनसेल

प्रतिक्रिया