भारतसँगको सम्बन्ध नेपालका लागि अवसर हो, समस्या होइन : सांसद राई

काठमाडौँ- नेकपा एमालेका सांसद रामचन्द्र राईले छिमेकी मुलुक भारतसँगको नेपालको सम्बन्ध अवसर भएको बताएका छन् । बिहीबार राष्ट्रिय सभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै सांसद राईले नेपालका लागि भारतसँगको सम्बन्ध अवसर भएको बताएका हुन् ।
उनले छिमेकी मुलुकसँगको सम्बन्ध हाम्रो लागि समस्या नभएको जिकिर गरे । उनले भारतसँगको सम्बन्धलाई अवसरका रूपमा परिणत गर्न नेतृत्वको सुझबुझपूर्ण पहलकदमी हुनुपर्ने भए पनि त्यस्तो हुन नसकेको आराेप लगाए ।
सांसद राईले सन् १९५० को भारत–नेपाल शान्ति तथा मैत्री सन्धिको मूल कपि नै नभएको भन्दै बजारमा सुनिएका कुराहरूको आधिकारिताको सम्बन्धमा प्रश्न उठाए । उनले नेपालमा सन् १९५० को सन्धि खारेज हुनुपर्ने माग बारम्बार उठिरहने भन्दै सो सन्धि खारेज हुनु र नहुनेको कुनै अर्थ नभएको बताए ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया