आइतबार २५ जेठ, २०८२
Sunday, June 08, 2025

आज हुने ओली-नेपाल वार्ताले एमालेलाई पुरानै अवस्थामा फर्काउला ?

काठमाडौँ : नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधव नेपालबीच शुक्रबार पनि वार्ता हुँदैछ । प्रधानमन्त्री ओली र नेता नेपालबीच कार्यदल सदस्यसहित र छुट्टै वार्ता सिंहदरबारमा हुन लागेको हो ।

प्रधानमन्त्री भएपछि सिंहदरबार आउँने प्रचलन अनुरुप ओली सिंहदरबारमा आएका थिए । उनले त्यहाँ नै नेपालसँग वार्ता गर्न लागेका हुन ।  यो वार्तामा एमालेलाई कसरी एक ढिक्का बनाउने भन्‍नेमा नै केन्द्रित रहेको कार्यदलका एक सदस्यले बताए । 

वार्तामा दुवै पक्षका नेता अर्थात कार्यदलको रुपमा रहेकाहरु पनि सहभागि हुँदैछन ।  कार्यदल समेत बनेको र त्यसमा रहेको  सुवास नेम्वाङ, विष्णु पौडेल, शंकर पोखरेल, भीम रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे र गोकर्ण विष्ट  पनि सहभागी हुने भिनएकाे छ । 

नेपाल समूहले आफूहरु अनुपस्थित गत फागुन २८ को केन्द्रीय कमिटीका निर्णय फिर्ता गराउँदै २०७५ जेठ २ को अवस्थाका एमालेलाई फर्काउन पर्नेमा माग गर्दै आएका छन् । त्याे विषय कार्यावन्यनमा ल्याउन ओलीले राष्ट्रिय सभामा रामबहादुर थापा नभइ डा‍. खिमलाल देवकाेटालाई जिताउन पर्ने हुन्छ । साँझ  ६ बजे बस्ने भनिएकाे छलफलमा याे विषयमा पनि कुरा हुने नेताहरूले बताएका छन् ।