सन्नी लियोनीको फिल्मलाई कान्समा तारिफ

मुम्बई - पूर्वपोर्न स्टार सन्नी लियोनीको मुख्य भूमिका रहेको ‘केनेडी’ले फ्रान्सको कान्समा चलिरहेको फेस्टिभलमा ७ मिनेट लामो ‘स्ट्यान्डिङ ओभेसन’ पाएको छ । फिल्म बुधबार राति साढे १२ बजे स्क्रिनिङ भएको थियो । निन्द्रा नपर्ने प्रहरी अफिसरको कथामा बनेको फिल्मलाई अनुराग कश्यपले निर्देशन गरेका हुन् । फिल्ममा सन्नी लियोनीबाहेक राहुल भट्टको पनि मुख्य भूमिका रहेको छ ।
कान्समा कलाकारको टोलीसहित निर्देशकले रेडकार्पेट नापेका थिए । कान्सको मिडनाइट स्क्रिनिङमा छानिएको फिल्मको प्रदर्शनअघि दक्षिण भारतीय अभिनेता च्यवन विक्रम र अनुराग कश्यपको मिस अन्डरस्ट्यान्डिङको किस्सा मिडियामा सार्वजनिक भएको थियो । अनुरागले फिल्मको अभिनयका लागि च्यवन विक्रमलाई सम्पर्क गर्न खोज्दा रेस्पोन्स नपाएको तर सम्पर्क गरेको नम्बर विक्रमले दुई वर्षअगाडि देखि नै चलाउन छाडेको जानकारी पाएका थिए ।
पछि विक्रमले अनुरागले आफूलाई खोजिरहेको पाएपछि आफैँले फोन गरेर अनुरागसँग कुरा गरेको विक्रमले भर्खरै स्पष्ट पारेका थिए । धेरै वर्षपहिले ‘जिस्म २’बाट डेब्यू गरे पनि पूर्व पोर्नस्टार सन्नी लियोनीको बलिउड करिअरले गति लिन सकेको थिएन । उनले ‘केनेडी’ को कान्स स्क्रिनिङ करिअरकै गर्विलो क्षण भएको बताएकी छिन् ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया