प्रियंका चोपडा अभीनित ‘सिटाडेल’को दोस्रो सिजन आउने

मुम्बई - समीक्षकबाट ठीकठाक समीक्षा पाएको प्रियंका चोपडा र रिचार्ड माडेन अभीनित सिरिज ‘सिटाडेल’को दोस्रो सिजन आउने भएको छ । निर्माण टिमले शुक्रबार सिरिजको दोस्रो भाग पनि बन्ने जानकारी गराएको हो ।
सिरिजलाई जो रुसोले निर्देशन गर्नेछन् । अमेजन प्राइमबाट सार्वजनिक भएको सिरिजले पर्याप्त अन्तर्राष्ट्रिय दर्शक बटुल्न सफल भएको थियो । यही सिरिजका कारण अमेजन प्राइमका सब्स्क्राइबर पनि बढेको अमेजन प्राइमले जनाएको छ ।
उपराध र जासुसको सम्मिश्रणमा बनेको सिरिजलाई विश्वभर लैजाने प्रयत्न स्वरुप बेग्लाबेग्लै देशमा यसको सुटिङ भएको छ । रुसो दाजुभाइले इटली र भारतमा पनि यही नाममा सिरिज बनाएका छन् । भारतीय संस्करणमा बरुण धवन र सामान्था प्रभुले अभिनय गरेका छन् ।
बलिउडबाट हलिउडमा प्रवेश गरेकी प्रियंकाले फाट्टफुट्ट फिचर फिल्ममा पनि अभिनय गरिरहेका छन् । तर फिचर फिल्म भने उनलाई फापेको छैन । उनले खेलेका सबै फिचरफिल्म बजारमा कमजोर मानिएका छन् । तर सिरिज भने फापेकै छ । उनले डेब्यू गरेको हलिउड सिरिज ‘क्वान्टिको’ले पनि राम्रै चर्चा पाएको थियो ।

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

सेन्सरमा रोकियो फिल्म ‘राजागंज’

प्रतिक्रिया